एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
२९ पटक हेरिएको
Shares
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

सारांश

  •   नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आइतबार बस्दै छ।
  • बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बस्ने तय भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।
  •  बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्षा माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुने ज्वालाले जानकारी दिए।

२२ असार, काठमाडौं । 

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आइतबार बस्दै छ। बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बस्ने तय भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्षा माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुने ज्वालाले जानकारी दिए।

अघिल्लो सचिवालय बैठकमा अध्यक्ष नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गरेका थिए। आज त्यसबारे  छलफल जारी रहने प्रचार विभाग प्रमुख ज्वालाले बताए।  साथै नेता रामकुमारी झाक्रीको विषयमा पनि छलफल हुने बताइएको छ। त्यसमा एजेन्डा नै  तय गरिएको नभए पनि छलफलका क्रममा विषय उठान हुने एक नेताले बताए।  अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि झाक्रीले अर्ली महाधिवेशन गरेर अध्यक्ष फेर्नुपर्ने बताएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?