आज मन्त्रिपरिषद् बैठक बस्दै,

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १२, २०८१
|
|
२५ पटक हेरिएको
Shares
आज मन्त्रिपरिषद् बैठक बस्दै,

सारांश

  • सोही समीक्षाका लागि प्रधानमन्त्री ओलीले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
  • बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
  • प्रधानमन्त्री ओलीले गत भदौ २७ गते चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरू र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता गरेका थिए।

 

१२ मंसिर, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको आज त्रैमासिक समीक्षा हुने भएको छ। सोही समीक्षाका लागि प्रधानमन्त्री ओलीले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले गत भदौ २७ गते चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरू र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता गरेका थिए।  प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?