भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
३० पटक हेरिएको
Shares
भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै

सारांश

  • चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस समारोह उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउने भएका छन् ।
  • अस्पतालका चिकित्सक डा.
  • अनिलविक्रम कार्कीले दिएको जानकारी अनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमा विहान ११ बजे चितवन आउने छन् ।

१० असोज, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस समारोह उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउने भएका छन् ।

अस्पतालका चिकित्सक डा. अनिलविक्रम कार्कीले दिएको जानकारी अनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमा विहान ११ बजे चितवन आउने छन् । उनी डेढ घण्टा क्यान्सर अस्पतालको कार्यक्रममा सहभागी भएर पश्चिम नवलपरासीको सुस्तामा बनेको झोलुङ्गे पुलको उद्घाटन गर्न जाने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलसँगै कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, ऊर्जा तथा जलस्रोत मन्त्री दिपक खड्का, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा पनि क्यान्सर अस्पताल आउने छन् । २०५७ सालदेखि क्यान्सरका बिरामीको उपचार सेवा सुरु गरेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रममा आयोजना गरेको थियो ।

देशका ६० प्रतिशत क्यान्सर बिरामीहरुको उपचार गर्दै आएको अस्पताल ५ सय वेड क्षमता छ । चीन सरकारको सहयोगमा निर्माण भएको क्यान्सर अस्पतालमा बर्सेनि ६ हजार भन्दा बढि नेपाली तथा भारतका बिरामीहरुको उपचार हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छ : सभामुख घिमिरे
नेपालका चाडपर्वले एकताको सन्देश दिएको छ : सभामुख घिमिरे
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
मधेस प्रदेश  सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
मधेस प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
सांसद चौधरीको प्रश्न- गभर्नर नियुक्ति ऐनको धज्जी उडाएको कारबाही कसलाई गर्ने ?
सांसद चौधरीको प्रश्न- गभर्नर नियुक्ति ऐनको धज्जी उडाएको कारबाही कसलाई गर्ने ?
मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता
मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता
राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन
राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत, कालोपत्रे धमाधम
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत, कालोपत्रे धमाधम
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी