नेपालका चाडपर्वले एकताको सन्देश दिएको छ : सभामुख घिमिरे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
नेपालका चाडपर्वले एकताको सन्देश दिएको छ : सभामुख घिमिरे

सारांश

  •   प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताएका छन्।
  • बकर ईदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘हाम्रो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहु– भेषभूषायुक्त सामाजिक संरचनाले बनेको सुन्दर फूलबारी हो, हाम्रो सामाजिक विविधताभित्र रहेको एकतार सहअस्तित्वको भावना नै हाम्रो राष्ट्रियताको मेरुदण्ड हो, एक–अर्काप्रतिको सम्मानर सद्भावले हाम्रो राष्ट्रिय भावना, अखण्डता र सार्वभौमिकता अझ सशक्त भएको छ।
  • ’ नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समावेशिता, समानता, धर्मनिरपेक्षता र कानुनी राज्यको आधारमा सबै नेपालीनागरिकको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधान सम्पूर्ण नेपालीको साझा दस्तावेज भएको जसले सबै धर्म, जात, संस्कृतिर समुदायको सम्मानर संरक्षण सुनिश्चित गरेको पनि बताएका छन्।

२४ जेठ, काठमाडौँ । 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताएका छन्। बकर ईदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘हाम्रो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहु–

भेषभूषायुक्त सामाजिक संरचनाले बनेको सुन्दर फूलबारी हो, हाम्रो सामाजिक विविधताभित्र रहेको एकतार सहअस्तित्वको भावना नै हाम्रो राष्ट्रियताको मेरुदण्ड हो, एक–अर्काप्रतिको सम्मानर सद्भावले हाम्रो राष्ट्रिय भावना, अखण्डता र सार्वभौमिकता अझ सशक्त भएको छ।’ नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समावेशिता, समानता, धर्मनिरपेक्षता र कानुनी राज्यको आधारमा सबै नेपालीनागरिकको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधान सम्पूर्ण नेपालीको साझा दस्तावेज भएको जसले सबै धर्म, जात, संस्कृतिर समुदायको सम्मानर संरक्षण सुनिश्चित गरेको पनि बताएका छन्।

मुस्लिम धर्म ग्रन्थकाअनुसार करिब चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा परमेश्वरले ‘आफ्नो सबैभन्दा प्रिय वस्तु चढाऊ’ भन्ने आज्ञा दिएको देखेपछि उनले आफ्नै छोरालाई बलिदान गर्न तम्सेका थिए। तर, वास्तविक बलिदानको क्षणमा छोराको सट्टा एक भेंडा चढाइएको थियो। यही समर्पण, विश्वास र ईश्वरप्रतिको निष्ठाको स्मरणस्वरूप बकर ईद मनाइन्छ। यस पर्वको मूल सन्देश ‘जीवन र मरण समेत ईश्वरका लागि समर्पित होस्’ भन्ने हो। सभामुख घिमिरेले भनेका छन्, ‘बकर ईदले सबै नेपालीमा पारस्परिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँदै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु, ३ जना घाइते
मोटरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु, ३ जना घाइते
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक : प्रदीप ज्ञवाली
विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक : प्रदीप ज्ञवाली
धनुषामा एक महिलाको विभत्स हत्या
धनुषामा एक महिलाको विभत्स हत्या
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड
म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड
क्याम्पस सभापति यादवको पद खारेजी माग गर्दै जिल्ला अदालतमा रिट
क्याम्पस सभापति यादवको पद खारेजी माग गर्दै जिल्ला अदालतमा रिट
तोकिएकै मितिमा निर्वाचन गराउनेगरी क्रियाशील छौं : काबा आयुक्त भण्डारी
तोकिएकै मितिमा निर्वाचन गराउनेगरी क्रियाशील छौं : काबा आयुक्त भण्डारी
टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा