मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोबिताको तेस्रो वरीयता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८३
|
|
९५ पटक हेरिएको
Shares
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोबिताको तेस्रो वरीयता

सारांश

  •  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् ।
  •   सातौं वरीयतामा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई मर्यादाक्रममा माथि सारेर तेस्रो स्थानमा ल्याइएको छ ।
  • यसअघि मन्त्रिपरिपद्को तेस्रो वरियतामा परराष्ट्र मन्त्री शिशिर खनाल थिए ।

१० मंसिर, काठमाडौं ।

 राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् ।  सातौं वरीयतामा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई मर्यादाक्रममा माथि सारेर तेस्रो स्थानमा ल्याइएको छ ।

यसअघि मन्त्रिपरिपद्को तेस्रो वरियतामा परराष्ट्र मन्त्री शिशिर खनाल थिए । सोबिता तेस्रो वरीयतामा उक्लिँदा उर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयता एक–एक स्थान तल पारिएको छ । सोबिता गौतम रास्वापाको महाधिवेशनबाट पार्टीको उपसभापतिमा निर्वाचित भएकी थिइन् । पार्टीमा उनी तेस्रो वरीयतामा रहे पनि मन्त्रिपरिषद्मा उनी सातौं स्थानमा थिइन् । 

पार्टीको वरीयताअनुसार उनलाई माथि लगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?