के ट्रम्पले दाबी गरेजस्तै इरान कमजोर भइसकेको छ ? सीएनएनको रिपोर्ट भन्छ- विल्कुलै गलत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
१५६ पटक हेरिएको
Shares
के ट्रम्पले दाबी गरेजस्तै इरान कमजोर भइसकेको छ ? सीएनएनको रिपोर्ट भन्छ- विल्कुलै गलत

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सत्तासंरचना कमजोर र विभाजित भइसकेको दाबी गरेका छन् ।
  • तर,सीएनएनको एक विश्लेषणअनुसार इरानको आन्तरिक अवस्था ट्रम्पले देखाएजस्तो सरल नभई निकै जटिल र बहुपक्षीय छ ।
  • ट्रम्पले हालैको अभिव्यक्तिमा इरानभित्र सत्ता संघर्ष तीव्र भएको र शासन प्रणाली भत्किन लागेको दाबी गरेका थिए।

 

१० वैशाख,काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सत्तासंरचना कमजोर र विभाजित भइसकेको दाबी गरेका छन् । तर,सीएनएनको एक विश्लेषणअनुसार इरानको आन्तरिक अवस्था ट्रम्पले देखाएजस्तो सरल नभई निकै जटिल र बहुपक्षीय छ ।

ट्रम्पले हालैको अभिव्यक्तिमा इरानभित्र सत्ता संघर्ष तीव्र भएको र शासन प्रणाली भत्किन लागेको दाबी गरेका थिए। उनले इरानका नेताहरूबीच गहिरो मतभेद रहेको दाबी गर्दै यसले क्षेत्रीय अवस्थालाई असर पार्न सक्ने बताएकाथिए । तर, सीएनएनका अनुसार इरानको राजनीतिक संरचना बहुस्तरीय र मजबुत छ, जहाँ सर्वोच्च नेता, इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) र निर्वाचित सरकारबीच शक्ति सन्तुलन कायम छ।यद्यपि आन्तरिक असन्तुष्टि, आर्थिक दबाब र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण केही तनाव देखिए पनि यसलाई ‘पूर्ण विघटन’ का रूपमा व्याख्या गर्न नमिल्ने विश्लेषकहरू बताउँछन् ।

विशेषज्ञहरूका अनुसार इरानमा समय-समयमा शक्ति केन्द्रहरूबीच मतभेद देखिए पनि बाह्य दबाबका बेला ती शक्ति प्रायः एकजुट हुने प्रवृत्ति रहेको छ। यसैले ट्रम्पको दाबी राजनीतिक दृष्टिकोणबाट प्रेरित हुन सक्ने रवास्तविक अवस्थालाई पूर्ण रूपमा प्रतिनिधित्व नगर्ने टिप्पणी गरिएको छ। सीएनएनले इरानको वर्तमान अवस्थालाई आन्तरिक चुनौती र बाह्य दबाबबीच सन्तुलन खोजिरहेको प्रणाली’ का रूपमा चित्रण गरेको छ, जहाँ असन्तुष्टि र स्थायित्व दुवै पक्ष एकैसाथ देखिन्छन् । इरानले वार्ता पुनः सुरु हुनुअघि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएको छ, र धेरै विश्लेषकहरूले नेतृत्वलाई बाहिर देखाइएजस्तो विभाजित नभई अझ बढी एकजुट रहेको बताएका छन् ।

कतारस्थित जर्जटाउन विश्वविद्यालयका सरकारी मामिलाका प्राध्यापक मेहरात कमराभाले सीएनएनकी बेकी एन्डरसनसँग भने- मलाई लाग्छ, यो इरानी नेतृत्वको बारे गम्भीर गलत बुझाइ हो । नेतृत्व पर्याप्त रूपमा एकताबद्ध छ, र हामीले यो युद्धको सञ्चालन र वार्ताको प्रक्रियामा देखिसकेका छौँ। युद्ध सुरू हुनुअघि नै आयातोल्लाह अली खामेनेईको नेतृत्वमा इस्लामिक गणतन्त्र इरानले आफ्ना स्पष्ट “रेड लाइन”हरू निर्धारण गरेको थियो-युरेनियम समृद्धीकरणको अधिकार, क्षेप्यास्त्र विकासलाई निरन्तरता दिने र आफ्ना प्रतिनिधि (प्रोक्सी) समूहहरूलाई समर्थन गर्ने जस्ता विषयहरू। यी मागहरूलाई उसले ट्रम्प प्रशासनसँग भइरहेको वर्तमान वार्तामा पनि निरन्तरता दिएको छ।

इरानको राजनीतिक नेतृत्वले आन्तरिक खिचातानी भएको भन्ने समाचारहरूलाई खण्डन गर्न र देशका सैन्य लक्ष्य तथा वार्ताको रणनीतिमा एकीकृत धारणा प्रस्तुत गर्न विशेष प्रयास गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द
गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द
जनप्रतिनिधिको व्यावसायिक स्याउखेती
जनप्रतिनिधिको व्यावसायिक स्याउखेती
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा संसदीय दलको बैठक बस्दै
रिहाइपछि रविको प्रतिक्रिया- न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ
रिहाइपछि रविको प्रतिक्रिया- न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका