प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य

सारांश

  •  दाङको लमही क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २२० रन बनायो ।
  • गण्डकीका लागि अर्जुन कुमाल र दिपक डुम्रेले अद्र्धशतकीय पारी खेले ।
  • दिपकले ७४ बल खेल्ने क्रममा तीन चौका र एक छक्का हान्दै ६० रन बनाए ।

काठमाडौँ, २६ फागुनः  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २२१ रनको लक्ष्य दिएको छ । दाङको लमही क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २२० रन बनायो । गण्डकीका लागि अर्जुन कुमाल र दिपक डुम्रेले अद्र्धशतकीय पारी खेले । दिपकले ७४ बल खेल्ने क्रममा तीन चौका र एक छक्का हान्दै ६० रन बनाए । यस्तै अर्जुनले ९५ बलमा ५७ रनको योगदान दिए । उनले यस क्रममा चार चौका र एक छक्का प्रहार गरे ।

यसैगरी सुदिप अर्यालले अविजित २३, दिनेश बुढामगरले १५ तथा अमृत गुरुङ र विपिन खत्रीले दश दश रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले तीन, नारायण जोशीले दुई तथा हेमन्त धामी, मिलन बोहरा र अर्जुन विकले एक एक विकेट लिए । सुदूरपश्चिमले अहिले गण्डकीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।     सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात पदेश र तीन विभागीय टोली सहभागी छन् । राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अङ्कका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा मन्त्रिपरिषद बैठक
सिंहदरबारमा मन्त्रिपरिषद बैठक
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा खुल्यो भर्ना
प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा खुल्यो भर्ना
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे पाँच सय उडान
हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे पाँच सय उडान
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानमा एक बुबाले गरे छोरीको ह*त्या: प्रहरी
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानमा एक बुबाले गरे छोरीको ह*त्या: प्रहरी
म्याग्दीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृ*त्यु
म्याग्दीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृ*त्यु
पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा
पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी