हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे पाँच सय उडान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १५, २०८१
|
|
५३ पटक हेरिएको
Shares
हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे पाँच सय उडान

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ ।
  • अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो एक दिनमा साढे पाँच सय उडान भएका छन् ।
  • आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिनुभयो ।

१५ असोज ,काठमाण्डौ – सङ्घीय राजधानी काठमाण्डौ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो एक दिनमा साढे पाँच सय उडान भएका छन् ।

आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान र दुई सय २१ अवतरण भएका छन् । अन्तर्राष्ट्रियतर्फ ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो अहिलेसम्मकै सर्वाधिक उडान भएको

बताउनुभयो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाण्डौ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप बढेको हो । यसअघि अघिल्लो वर्ष दशैँमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल
साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
वार्ता नगरी शिक्षकमाथि सरकारले बल प्रयोग गर्‍यो : शेखर कोइराला
वार्ता नगरी शिक्षकमाथि सरकारले बल प्रयोग गर्‍यो : शेखर कोइराला
शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं, सरकारको भनाइ
शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं, सरकारको भनाइ
स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार
स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बाढीमा २३८ विद्यार्थी र १८ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति
बाढीमा २३८ विद्यार्थी र १८ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
सशस्त्र प्रहरीको प्रवक्तामा कालिदास धौवजी
सशस्त्र प्रहरीको प्रवक्तामा कालिदास धौवजी