स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार

सारांश

  • स्वास्थ्य बीमा बोर्डमा करार सेवाका लागि छनोट भएका १८० मध्ये करिब ११० जना मेडिकल अधिकृतले कार्य विवरणप्रति असन्तुष्टि जनाउँदै नियुक्ति पत्र लिन अस्वीकार गरेका छन् ।
  • १८ जेठमा बोर्डले तीन महिनाका लागि १८० जना मेडिकल अधिकृत आवश्यक भएको सूचना जारी गरेको थियो ।
  • उक्त सूचनाअनुसार आवेदन दिई छनोटमा परेका तथा तालिमसमेत पूरा गरिसकेका अधिकृतहरूले कार्य विवरण र सम्झौतामा संशोधनको माग राख्दै नियुक्ति नलिने निर्णय गरेका हुन् ।

२६ असार, काठमाडौं ।

स्वास्थ्य बीमा बोर्डमा करार सेवाका लागि छनोट भएका १८० मध्ये करिब ११० जना मेडिकल अधिकृतले कार्य विवरणप्रति असन्तुष्टि जनाउँदै नियुक्ति पत्र लिन अस्वीकार गरेका छन् । १८ जेठमा बोर्डले तीन महिनाका लागि १८० जना मेडिकल अधिकृत आवश्यक भएको सूचना जारी गरेको थियो । उक्त सूचनाअनुसार आवेदन दिई छनोटमा परेका तथा तालिमसमेत पूरा गरिसकेका अधिकृतहरूले कार्य विवरण र सम्झौतामा संशोधनको माग राख्दै नियुक्ति नलिने निर्णय गरेका हुन् ।

उनीहरूले कार्य विवरणको बुँदा नम्बर ११ मा उल्लेखित प्रत्येक कार्यदिन ४०० वटा दाबी मूल्यांकन गर्नुपर्ने वा २५ देखि ३० लाख रुपैयाँसम्मको मूल्यांकन पूरा गर्नुपर्ने लक्ष्यलाई अव्यावहारिक बताउँदै आपत्ति जनाएका छन् । त्यस्तै, बुँदा नम्बर १२ मा तोकिएको कार्यसमय (बिहान १० देखि साँझ ५ बजेसम्म) मा लक्ष्य पूरा गरेपछि थप ४ घण्टा ओभरटाइम गर्न सकिने व्यवस्था पनि आफूहरूको श्रम अधिकार विपरीत रहेको भन्दै असहमति जनाएका छन् । ‘हामीले तीन दिनको तालिम सकेका छौं,’ एक असन्तुष्ट मेडिकल अधिकृतले भने,’ दैनिक ४०० दाबी समीक्षा भनेको लगभग एक मिनेटमा एउटा केस हेर्नुपर्ने हुन्छ ।

जुन असम्भव नै हो ।’ दैनिक सात घण्टाको दरले १५० वटा केसको मात्रै दाबी समीक्षा गर्न सकिने उनले बताए । ती मेडिकल अधिकृतले स्वास्थ्य मन्त्रालयमा समेत यस विषयमा जानकारी गराएको बताए । कार्य विवरणको बुँदा १८ मा उल्लेख भएअनुसार, तोकिएको समयमा तोकिएको कार्य सम्पन्न नभएमा थप अन्य दिन कार्य गरी उक्त तोकिएका कार्य सम्पन्न गर्ने जिम्मेवारी मेडिकल अधिकृतको हुनेछ । सो बापत कुनै पनि थप आकर्षक सुविधा उपलब्ध हुने छैन । यस्तै कार्य विवरण अनुसारको कार्य सम्पन्न भएको व्यहोरा सुपरभाइरजरबाट प्राप्त भएपछि मात्रै पारिश्रमिक भुक्तानी गरिने कार्यविवरणमा उल्लेख छ ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीले भने तोकिएको लक्ष्य ठूलो नभएको दाबी गरे । ‘अवैज्ञानिक लक्ष्य तोकिएको छैन । अहिलेको काम गरिराख्नुभएको जनशक्तिले दैनिक ६०० सम्मको समीक्षा हेरिराख्नु भएको छ,’ मल्लले अनलाइनखबरसँग भने, ‘आज अन्तिम समय हो । अहिलेसम्म ७० जनाले मात्रै नियुक्ति पत्र लिनुभएको छ ।’ उनले तोकिएको समयभित्र नियुक्ति पत्र नलिनेले अवसर गुमाउने र वैकल्पिकले सो अवसर पाउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
देउवाले बोलाए पदाधिकारी र सिनियर नेताको बैठक
देउवाले बोलाए पदाधिकारी र सिनियर नेताको बैठक
पठाओका हाकिम बस्न्यातले गरे काठमाडौं १ बाट चुनाव लड्ने घोषणा
पठाओका हाकिम बस्न्यातले गरे काठमाडौं १ बाट चुनाव लड्ने घोषणा
जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए
जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए
गाडिएको अवस्थामा नातिनीको शव फेला परेको घटनामा मावली हजुरबुबा पक्राउ
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
आईजीपी कार्की अमेरिका प्रस्थान, अधिकारीलाई निमित्त
आईजीपी कार्की अमेरिका प्रस्थान, अधिकारीलाई निमित्त
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
५० करोडमाथि कारोबार गर्ने सहकारी नियमन अब राष्ट्र बैंकबाट
५० करोडमाथि कारोबार गर्ने सहकारी नियमन अब राष्ट्र बैंकबाट
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृ*त्यु
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृ*त्यु