माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
३८ पटक हेरिएको
Shares
माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी

सारांश

  • मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावी गठबन्धन गर्नेगरी छलफलमा जुटेका छन्।
  • एक्लै लड्ने तर स्थानीय तहमा आवश्यकता अनुसार सहकार्य गर्ने नीति लिएर माओवादी र नेकपा एस मिलेर जान तयार भएका छन्।
  • ४४ स्थानमा हुन लागेको उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध घटकहरुबीच मिलेर जाने प्रयास भएको हो।

१ मंसिर, काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावी गठबन्धन गर्नेगरी छलफलमा जुटेका छन्।

एक्लै लड्ने तर स्थानीय तहमा आवश्यकता अनुसार सहकार्य गर्ने नीति लिएर माओवादी र नेकपा एस मिलेर जान तयार भएका छन्।
४४ स्थानमा हुन लागेको उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध घटकहरुबीच मिलेर जाने प्रयास भएको हो। नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले आवश्यकता अनुसार मिलेर जाने भएकाले अहिलेसम्म पार्टीले सबै ठाउँमा उम्मेदवार नटुंग्याएको बताए।

उनले भने, ‘हामीले अहिले केही ठाउँमा मात्रै उम्मेदवार टुंग्याएका छौं। अरु ठाउँबाट पनि नाम आउँदैन। समाजवादी मोर्चामा आबद्ध दलहरुबीच मिलेर जानुपर्छ भनेर प्राथमिकता राखेका छौं। कुनै ठाउँमा सरकार विपक्षी दलहरुसँग तालमेल हुनसक्छ।’ नेकपा एसले कीर्तिपूरको ४ को वडाध्यक्ष मात्रै टुंगाएको छ। मेयरमा भने माओवादीलाई सघाएर जाने भन्ने छलफल चलिरहेको भएपनि अहिलेसम्म नटुंगिएको बताए।

दुई ठूला दल कांग्रेस एमालेले चुनावी गठबन्धन नगर्ने नीति अघि सारेपछि माओवादीले पनि पदाधिकारीका बैठकमा एक्लै चुनाव लड्ने निर्णय गरेको थियो। तर, माओवादीको गढ भएको क्षेत्रमा कांग्रेस एमाले पनि मिल्ने संकेत पाएपनि माओवादीले पनि नेकपा एससहित मोर्चामा आबद्ध दलहरुसँग सहकार्य गर्न लागेको हो। समाजवादी मोर्चामा माओवादी, नेकपा एस, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन्। प्रचण्डसँग असन्तुष्ट भएर मोर्चामा निष्क्रिय भएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि चुनावी मोर्चामा जोड्ने गरी छलफल चलाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी
क्यानडा जाँदै परराष्ट्रमन्त्री आरजु, उतैबाट अमेरिका जाने
क्यानडा जाँदै परराष्ट्रमन्त्री आरजु, उतैबाट अमेरिका जाने
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ
गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै
गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै
ताप्लेजुङमा बलेरो गाडीमा आगलागी, चारको मृत्यु, दुई जना घाइते
ताप्लेजुङमा बलेरो गाडीमा आगलागी, चारको मृत्यु, दुई जना घाइते
मिटरब्याजी अभियोगमा पक्राउ परेका ३ जना कारागार चलान
मिटरब्याजी अभियोगमा पक्राउ परेका ३ जना कारागार चलान
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने (सूची)
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने (सूची)