गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
३४० पटक हेरिएको
Shares
गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु

सारांश

  • रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरुभएको छ ।
  • बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो ।
  •  बागमती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिए ।

२१ जेठ, चितवन ।

रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरुभएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिए । महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताए । रंगशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बीबीआर जेभीले गर्दै छ ।

ठेक्का सम्झौताको म्याद आगामी २२ पुसमा सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ । २०८१ साल असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २२ पुस २०८३ मा काम सक्ने गरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा सम्झौता भएको थियो । धुर्मस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड–मोदीले उद्घाटन गरेको १६ महिनामा पनि चलेन रेल
प्रचण्ड–मोदीले उद्घाटन गरेको १६ महिनामा पनि चलेन रेल
प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ
प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ
मेरो पालिकामा १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्ड्याइदिन्छु :मेयर हर्क साम्पाङ
मेरो पालिकामा १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्ड्याइदिन्छु :मेयर हर्क साम्पाङ
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक समस्यामा
बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक समस्यामा
आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने
आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने
नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे
नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृ*त्यु, विद्युत् सेवा अवरुद्ध
हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृ*त्यु, विद्युत् सेवा अवरुद्ध
पाँचथरमा भएको विस्फाेटमा दुई दाजुबहिनीको मृत्यु
पाँचथरमा भएको विस्फाेटमा दुई दाजुबहिनीको मृत्यु