भारतमा रेलबाट खसेर पाँच जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
४४ पटक हेरिएको
Shares
भारतमा रेलबाट खसेर पाँच जनाको मृ*त्यु

सारांश

  • भारतको मुम्बईमा रेलबाट खसेर पाँच जनाको मृत्यु भएको छ ।
  • सेन्ट्रल रेलवेका अनुसार यो घटना सोमवार दिउँसो कोपर रेलवे स्टेसनको बिचमा भएको हो ।
  • सेन्ट्रल रेलवेका अनुसार केही यात्री छत्रपति शिवाजी महाराज टर्मिनलतर्फ गइरहेको लोकल ट्रेनमा यात्रा गरिरहेका थिए ।

२६ जेठ, मुम्बई ।

भारतको मुम्बईमा रेलबाट खसेर पाँच जनाको मृत्यु भएको छ । सेन्ट्रल रेलवेका अनुसार यो घटना सोमवार दिउँसो कोपर रेलवे स्टेसनको बिचमा भएको हो । सेन्ट्रल रेलवेका अनुसार केही यात्री छत्रपति शिवाजी महाराज टर्मिनलतर्फ गइरहेको लोकल ट्रेनमा यात्रा गरिरहेका थिए । मुंब्रा स्टेसननजिकै केही यात्रु रेलबाट तल खसे । यात्रुहरू खस्नुको कारण अत्यधिक भीड भएको बताइएको छ । घटनाको जानकारी पाए लगत्तै रेलवे प्रशासन र प्रहरी घटनास्थलमा पुगेका थिए ।घाइते यात्रुहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको थियो ।

घटनाको अनुसन्धान भइरहेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानमा जनाइएअनुसार रेलमा अत्यधिक भीड थियो । जसका कारण यात्रुहरू ढोकामा झुन्डिएर यात्रा गरिरहेका थिए । दुर्घटनाका केही भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जहाँ यात्रुहरूलाई ट्रेनबाट खसिरहेको देख्न सकिन्छ । ती यात्रुहरूलाई ट्र्याकबाट उठाएर प्लेटफर्ममा ल्याइएको थियो। सबै मृतकको उमेर ३० देखि ३५ वर्षको बिचको रहेका भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । यस दुर्घटनापछि रेलवे बोर्डले अबदेखि रेलहरूमा स्वचालित ढोका प्रणाली राखिने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिनेछौं: भण्डारी
कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिनेछौं: भण्डारी
दोस्रो जितको खोजीमा दिल्ली र हैदराबाद, राजस्थान-चेन्नई आमनेसामने
दोस्रो जितको खोजीमा दिल्ली र हैदराबाद, राजस्थान-चेन्नई आमनेसामने
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
दक्षिण कोरियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो
दक्षिण कोरियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?
आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै