कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता

सारांश

  • जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् ।
  • फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् ।
  • कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन् ।

कञ्चनपुर । जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् ।

कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन् । फरारमध्ये १७ महिला कैदीसमेत छन् । जोशीका अनुसार फिर्ता भएकामध्ये ६३ कैदीलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको हो ।

कारागारमा हाल १४ भारतीय नागरिकसमेत कैद सजाय भोगिरहेका छन् भने १७ भारतीय कैदी अझै फरार छन् । स्वेच्छिक रूपमा फिर्ता हुन तोकिएको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाही हुने भएको छ ।

निमित्त प्रशासक जोशीका अनुसार फरार कैदी वा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति पनि कानुनी रूपमा कसुरदार ठहरिने र उनीहरूमाथि समेत आवश्यक कारबाही अघि बढाइने व्यवस्था छ । पटक–पटक कारागार प्रशासनले स्वेच्छिक रूपमा फर्किन सार्वजनिक अपिल गरे पनि अझै केही कैदी सम्पर्कमा नआएकाले प्रहरीले फरार कैदीबन्दीको खोजी र पक्राउ कार्यलाई तीव्र बनाइएको निमित्त प्रशासक जोशीको भनाइ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु
कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन : प्रधानमन्त्री ओली
मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन : प्रधानमन्त्री ओली
आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा
आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
अमेरिकाजस्तो देश खोजेर नेपालमा सम्भव छैन : कांग्रेस
अमेरिकाजस्तो देश खोजेर नेपालमा सम्भव छैन : कांग्रेस
राष्ट्रपति पौडेलले गरे नवकन्याहरूको पूजा
राष्ट्रपति पौडेलले गरे नवकन्याहरूको पूजा