Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्‍यु, ५ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १२, २०८१
|
|
१४२ पटक हेरिएको
Shares
बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्‍यु, ५ जना घाइते

सारांश

  • बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
  • सोमबार साँझ ६ बजे बागलुङको बडीगाड गाउँपालिका-९ दर्लिङस्थित भित्री सडकखण्डमा लु ३ च ५५६९ नं.
  • को पिकअप भ्यान उकोलोमा ब्रेक फेल भई दुर्घनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले बताए ।

 

१२ फागुन, कास्की। बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सोमबार साँझ ६ बजे बागलुङको बडीगाड गाउँपालिका-९ दर्लिङस्थित भित्री सडकखण्डमा लु ३ च ५५६९ नं. को पिकअप भ्यान उकोलोमा ब्रेक फेल भई दुर्घनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले बताए ।

उनका अनुसार मृत्यु हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर-७ चोलाङ निवासी ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरे बस्ने ३५ वर्षीय जुना कँडेल रहेका छन् । यस्तै जीप दुर्घटनाबाट घाइते हुनेमा बागलुङको बडिगाड गाउँपालिका-९ बस्‍ने ६३ वर्षीया तेज कुमारी बुढा, बडिगाड-९ खहरे बस्‍ने ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, बडिगाड-९ खहरे बस्‍ने ३० वर्षीया सिता पौडेल र बडिगाड-९ खहरे बस्‍ने हिमाल घर्ती मगर (चालक) रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?