जेठ १५ गते सिंहदरबार घेर्ने आजपाको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
३५ पटक हेरिएको
Shares
जेठ १५ गते सिंहदरबार घेर्ने आजपाको निर्णय

सारांश

  • आम जनता पार्टी (आजपा) ले आगामी जेठ १५ गते सिंहदरबार घेर्ने भएको छ ।
  • आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको हो ।
  • आजपाले यही चैत्र २४ गते जनआन्दोलन दिवसको अवसरमा बृहत्त खबरदारी सभा गरेको थियो ।

 २६ चैत्र,  काठमाडौं।

आम जनता पार्टी (आजपा) ले आगामी जेठ १५ गते सिंहदरबार घेर्ने भएको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको हो । आजपाले यही चैत्र २४ गते जनआन्दोलन दिवसको अवसरमा बृहत्त खबरदारी सभा गरेको थियो ।

आजपाका अध्यक्ष प्रभु साहले दलाल दलतन्त्र र लुटकारी राज्यको कारण मुलुक आक्रान्त बनेको र जनता चरम निराशामा रहेको भन्दै तेस्रो जनआन्दोलन घोषणा गरिसकेका छन् । उनले चोर नेताहरुको कारण मुलुकको गौरव गायब भएको र जनताको खुशी खोसिएको टिप्पणी गरेका छन् । आम जनताको शासन स्थापित गराउनको लागि आफूले तेस्रो जनआन्दोलनको उद्घोष गरेको भन्दै अब यो आन्दोलनले दलाल र भ्रष्ट नेताहरुलाई बढार्ने निश्चित् रहेको पनि उनको दाबी छ ।

स्थायी कमिटी बैठकले चैत्र २४ गते सम्पन्न खबरदारी र्याली तथा तेस्रो जनआन्दोलन कार्यक्रममा भौतिक, आर्थिक र नैतिक रुपमा योगदान गर्ने सबैप्रति विशेष धन्यवाद व्यक्त गरेको छ । आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा दलतन्त्रको लुट एवम् भ्रष्टाचारविरुद्ध सिंहदरबार घेराउ गर्नेलगायतका महत्वपूर्ण निर्णय लिईएको पनि अध्यक्ष साहले जानकारी गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
एमाले महाधिवेशनमा उम्मेदवार नबन्ने अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको घोषणा
एमाले महाधिवेशनमा उम्मेदवार नबन्ने अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको घोषणा
मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस, आरक्षणको नीति परिमार्जन गर्न सिफारिस
मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस, आरक्षणको नीति परिमार्जन गर्न सिफारिस
कालीकोट केन्द्रबिन्दु भएर भूकम्प
कालीकोट केन्द्रबिन्दु भएर भूकम्प
वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरू भयो ‘रात्रि बजार’   
वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरू भयो ‘रात्रि बजार’