स्तर र तहवृद्धि नगरे भन्दै कविलासी नगरपालिकामा तालाबन्दी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २३, २०८१
|
|
७३ पटक हेरिएको
Shares
स्तर र तहवृद्धि नगरे भन्दै कविलासी नगरपालिकामा तालाबन्दी

सारांश

  • स्तर र तहवृद्धि नगरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकामा कार्यरत कर्मचारीहरुले पालिकामा तालाबन्दी गरेका छन् ।
  • पालिकाले स्तर र तहवृद्धिको लागि ढिलाई गरेकोले कर्मचारीहरु पालिकाको मूल ढोकामा धर्ना दिई तालाबन्दी गरेका छन् ।
  • पुष महिनामै स्तर र तहवृद्धि गर्नुपर्नेमा आज सम्म पालिकाले आनाकानी गरेको भन्दै आफुहरु तालाबन्दी गरेको कर्मचारीहरुले बताएका छन् ।

 

माघ २३ गते । स्तर र तहवृद्धि नगरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकामा कार्यरत कर्मचारीहरुले पालिकामा तालाबन्दी गरेका छन् ।

पालिकाले स्तर र तहवृद्धिको लागि ढिलाई गरेकोले कर्मचारीहरु पालिकाको मूल ढोकामा धर्ना दिई तालाबन्दी गरेका छन् । पुष महिनामै स्तर र तहवृद्धि गर्नुपर्नेमा आज सम्म पालिकाले आनाकानी गरेको भन्दै आफुहरु तालाबन्दी गरेको कर्मचारीहरुले बताएका छन् ।

पालिकाले स्तर र तहवृद्धिका लागि सूचना प्रकाशित गरेको थियो । सूचना बमोजिम आफुहरु सम्पूर्ण कागजात पूरा गरी आवेदन समेत दिएका थियौं । तर आज सम्म पालिकाले कुनै सुनवाई नगरेको कविलासी नगरपालिकाका प्राविधिक सहायक रामवचन रायले बताएका छन् । पालिकाले स्तरवृद्धिको नाउँमा आलटाल गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको रायले बताए । संविधान प्रदत्त हक अधिकारलाई समेत ख्याल नगरी कर्मचारीको वृद्धि विकासमा पालिकाले बाधा पूर्याउने काम गरेको रायको आरोप छ ।

पालिकाले स्तर वृद्धि नगरेपछि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छौं । माग पूरा नभए सम्म तालाबन्दी गरी अनिश्चितकाल सम्म आफुहरु धर्नामा बस्ने रायले बताएका छन् । माग पूरा नभए सम्म पालिकाको ताला नखोल्ने यादवको दाबी छ । स्तर वृद्धिको नाममा झुठो आश्वासन मात्र दिने गरेको छ । यस्ता प्रकारको कामले आफुहरुको मनोबल गिराउने काम भएको रायले बताएका छन् ।

समस्या समाधानका लागि आफुले पहल सुरु गरेको नगरप्रमुख ब्रहम्देव यादवले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत काम बिशेषले बाहिर रहेको र आउने बित्तिकै समस्या समाधानका लागि पहल गरिने नगरप्रमुख यादवले बताएका छन् । राजनीतिक उक्साहटमा आएर पालिकामा कर्मचारीले तालाबन्दी गरेको यादवले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?