मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १९, २०८२
|
|
१८ पटक हेरिएको
Shares
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा

सारांश

  • नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।
  • बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो ।
  • मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.

१९ असार, काठमाडौं ।

नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । परिमार्जन यादवले अविजित अर्धशतक बनाए । उनी ३५ बलमा ५९ रनमा नटआउट रहे । शिवांश बजगाइले अविजित २३ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया  नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि ९० रनमा अलआउट भएको थियो । मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको थियो ।

मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १-१ विकेट लिए । नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?