Press 4K
बिहिबार, १४ श्रावण २०८३

अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल

सारांश

  • गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले अर्थमन्त्री रामेश्वर खनालसँग एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सञ्चालनका विषयमा छलफल गरेका छन् ।
  • सिंहदबारमा संस्थापक र पूर्वअध्यक्षसहित पुगेको श्रेष्ठ नेतृत्वको टोलीले ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, अनुमति तथा विद्यमान नियमावलीका परिमार्जनबारे अर्थमन्त्री खनालको ध्यानकर्षण गराएको हुन् ।
  • जवाफमा अर्थमन्त्री खनालले एनआरएनएले उठाएका सबै विषयहरू समाधानका लागि वर्तमान सरकार सकारात्मक भएको बताए ।

२६ मंसिर,काठमाडौं

गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले अर्थमन्त्री रामेश्वर खनालसँग एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सञ्चालनका विषयमा छलफल गरेका छन् । सिंहदबारमा संस्थापक र पूर्वअध्यक्षसहित पुगेको श्रेष्ठ नेतृत्वको टोलीले ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, अनुमति तथा विद्यमान नियमावलीका परिमार्जनबारे अर्थमन्त्री खनालको ध्यानकर्षण गराएको हुन् । जवाफमा अर्थमन्त्री खनालले एनआरएनएले उठाएका सबै विषयहरू समाधानका लागि वर्तमान सरकार सकारात्मक भएको बताए ।

बैठकमा मन्त्री खनालले धितोपत्र बोर्डमा रहेका सम्बन्धित नियमावलीहरू छिटो परिमार्जन गरी फन्ड सञ्चालनमा रहेका अवरोध हटाउने प्रतिवद्धता जनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले विश्वभर रहेका नेपालीहरू नेपालमा लगानी गर्न अत्यन्त उत्सुक रहेको बताउँदै आईपीओमा ८५ प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरे । उनले भने ‘आगामी दिनमा प्रवासी समुदाय नेपाल डेभलपमेन्ट फन्डमार्फत देशको आर्थिक र विकास योजनामा अझ प्रभावकारी रूपमा सहयोग गर्न हामी तयार छौं ।’ सो अवसरमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले फन्ड संचालनका लागि आवश्यक नियमावली तत्काल परिमार्जन गर्न आग्रह गरे । यस्तै पूर्व अध्यक्ष कुमार पन्तले लम्बिँदै आएको प्रक्रिया सहज बनाउन नीतिगत ‘ब्रेकथ्रु’ गरिदिन आग्रह गरे । प्रतिनिधि मण्डलमा अध्यक्ष श्रेष्ठसहित संस्थापक अध्यक्ष महतो, पूर्व अध्यक्षद्वय पन्त र बिनोद कुवर, क्यानाडाका अध्यक्ष ध्रुव भट्टराई, एनआरएन नेपाल डेभलप्मेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईलगायत सहभागी थिए ।

नेपाल सरकारसँग सहकार्य गर्दै गैरआवासीय नेपाली संघले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँको कोष स्थापना गर्न लागिएको छ । उक्त एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री
गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै
सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...