हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ८, २०८१
|
|
३१ पटक हेरिएको
Shares
हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु

सारांश

  • बङ्गलादेशले पदच्यूत नेता शेख हसिना र उनको परिवारले रुस समर्थित आणविक उर्जा संयन्त्रमा कथित पाँच अर्ब डलरको घोटालाको अनुसन्धान सुरु गरेको भ्रष्टाचार विरोधी आयोगले सोमबार जनाएको छ ।
  • अगस्टमा क्रान्तिद्वारा पदच्युत भई भारत भागेकी पूर्व प्रधानमन्त्री हसिनाका साथै उनका छोरा सजीब वाजेद जोय र भतिजी टुलिप सिद्दिक अनुन्धानको दायरामा परेका छन् ।
  • सिद्दिक बेलायती सांसद र सरकारी मन्त्री हुन्।

८ पुस, ढाका । बङ्गलादेशले पदच्यूत नेता शेख हसिना र उनको परिवारले रुस समर्थित आणविक उर्जा संयन्त्रमा कथित पाँच अर्ब डलरको घोटालाको अनुसन्धान सुरु गरेको भ्रष्टाचार विरोधी आयोगले सोमबार जनाएको छ ।

अगस्टमा क्रान्तिद्वारा पदच्युत भई भारत भागेकी पूर्व प्रधानमन्त्री हसिनाका साथै उनका छोरा सजीब वाजेद जोय र भतिजी टुलिप सिद्दिक अनुन्धानको दायरामा परेका छन् । सिद्दिक बेलायती सांसद र सरकारी मन्त्री हुन्। हसिनाका राजनीतिक प्रतिद्वन्द्वी नेसनल डेमोक्रेटिक मुभमेन्ट पार्टीका अध्यक्ष बबी हजाजले उच्च अदालतमा अनुसन्धान गर्न माग गर्दै दायर गरेको रिटमा आरोप लगाइएको थियो । “हामी हाम्रो अदालतमार्फत न्याय खोज्छौँ”, हजाजले सोमबार  भने ।

दक्षिण एसियाली यस देशको पहिलो प्रमुख आरोपहरू १२ अर्ब ६५ करोड डलरको रूपपुर आणविक संयन्त्रको वित्तीयकरणसँग जोडिएको छ । यसमा मस्कोले ९० प्रतिशत ऋण लगानी गरेको छ । हसिना र परिवारका सदस्यहरूले ‘मलेसियाका विभिन्न अपतटीय बैंक खाता’ मार्फत रूपपुर संयन्त्रबाट ‘पाँच अर्ब डलर’ दुरुपयोग गरेको आरोपबारे अनुसन्धान सुरु गरेको आयोगको सोमबारको विज्ञप्तिमा उल्लेख छ । आयोगले आफ्नो अनुसन्धानमा संयन्त्रको ‘अत्यधिक मूल्यको निर्माणसँग सम्बन्धित शंकास्पद खरिद अभ्यासहरू’ को अनुसन्धान गरिरहेको जनाएको छ ।

“किकब्याक (कसैलाई उनीहरूको मद्दतका लागि पुरस्कारका रूपमा दिइने घुस वा भुक्तानी), कुव्यवस्थापन, मनी लन्ड्रिङ र शक्तिको सम्भावित दुरुपयोगको दाबीले परियोजनाको अखण्डता र सार्वजनिक कोषको प्रयोगको बारेमा महत्त्वपूर्ण चिन्ताहरू खडा गर्दछ”, आयोगले भन्यो । भ्रष्टाचारका आरोपहरूमा घरविहीनहरूका लागि सरकारी भवन योजनाबाट चोरी पनि समावेश छ ।  सतहत्तर वर्षीया हसिना अगस्ट ५ मा हेलिकप्टरबाट भागेर भारत निर्वासनमा गईन्।

यसले कथित ‘सामूहिक हत्या’ को मुद्दामा उनलाई परीक्षणको सामना गराउन दृढ धेरै बङ्गलादेशीलाई क्रोधित बनायो । हसिनासँग टिप्पणीका लागि सम्पर्क गर्न सम्भव भएन । बेलायती प्रधानमन्त्री कार्यालयबाट आएको विज्ञप्तिअनुसार सिद्दीकले उनलाई घोटालामा संलग्न भएको आरोप लगाइएको ‘दावीमा कुनै संलग्नता अस्वीकार’ गरेका छन् । अमेरिकामा रहेको बुझिएका जोय पनि टिप्पणीका लागि उपलब्ध भएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
सिमलताल पहिरो : अहिलेसम्म १५ जनाको शव भेटियो
सिमलताल पहिरो : अहिलेसम्म १५ जनाको शव भेटियो
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन : महासंघ
शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन : महासंघ
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
गण्डकीमा एमाले सांसदले बजेटको हिसाब नमिलेको बताएपछि संसद स्थगित
गण्डकीमा एमाले सांसदले बजेटको हिसाब नमिलेको बताएपछि संसद स्थगित
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै