Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ८, २०८१
|
|
४४ पटक हेरिएको
Shares
हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु

सारांश

  • बङ्गलादेशले पदच्यूत नेता शेख हसिना र उनको परिवारले रुस समर्थित आणविक उर्जा संयन्त्रमा कथित पाँच अर्ब डलरको घोटालाको अनुसन्धान सुरु गरेको भ्रष्टाचार विरोधी आयोगले सोमबार जनाएको छ ।
  • अगस्टमा क्रान्तिद्वारा पदच्युत भई भारत भागेकी पूर्व प्रधानमन्त्री हसिनाका साथै उनका छोरा सजीब वाजेद जोय र भतिजी टुलिप सिद्दिक अनुन्धानको दायरामा परेका छन् ।
  • सिद्दिक बेलायती सांसद र सरकारी मन्त्री हुन्।

 

८ पुस, ढाका । बङ्गलादेशले पदच्यूत नेता शेख हसिना र उनको परिवारले रुस समर्थित आणविक उर्जा संयन्त्रमा कथित पाँच अर्ब डलरको घोटालाको अनुसन्धान सुरु गरेको भ्रष्टाचार विरोधी आयोगले सोमबार जनाएको छ ।

अगस्टमा क्रान्तिद्वारा पदच्युत भई भारत भागेकी पूर्व प्रधानमन्त्री हसिनाका साथै उनका छोरा सजीब वाजेद जोय र भतिजी टुलिप सिद्दिक अनुन्धानको दायरामा परेका छन् । सिद्दिक बेलायती सांसद र सरकारी मन्त्री हुन्। हसिनाका राजनीतिक प्रतिद्वन्द्वी नेसनल डेमोक्रेटिक मुभमेन्ट पार्टीका अध्यक्ष बबी हजाजले उच्च अदालतमा अनुसन्धान गर्न माग गर्दै दायर गरेको रिटमा आरोप लगाइएको थियो । “हामी हाम्रो अदालतमार्फत न्याय खोज्छौँ”, हजाजले सोमबार  भने ।

दक्षिण एसियाली यस देशको पहिलो प्रमुख आरोपहरू १२ अर्ब ६५ करोड डलरको रूपपुर आणविक संयन्त्रको वित्तीयकरणसँग जोडिएको छ । यसमा मस्कोले ९० प्रतिशत ऋण लगानी गरेको छ । हसिना र परिवारका सदस्यहरूले ‘मलेसियाका विभिन्न अपतटीय बैंक खाता’ मार्फत रूपपुर संयन्त्रबाट ‘पाँच अर्ब डलर’ दुरुपयोग गरेको आरोपबारे अनुसन्धान सुरु गरेको आयोगको सोमबारको विज्ञप्तिमा उल्लेख छ । आयोगले आफ्नो अनुसन्धानमा संयन्त्रको ‘अत्यधिक मूल्यको निर्माणसँग सम्बन्धित शंकास्पद खरिद अभ्यासहरू’ को अनुसन्धान गरिरहेको जनाएको छ ।

“किकब्याक (कसैलाई उनीहरूको मद्दतका लागि पुरस्कारका रूपमा दिइने घुस वा भुक्तानी), कुव्यवस्थापन, मनी लन्ड्रिङ र शक्तिको सम्भावित दुरुपयोगको दाबीले परियोजनाको अखण्डता र सार्वजनिक कोषको प्रयोगको बारेमा महत्त्वपूर्ण चिन्ताहरू खडा गर्दछ”, आयोगले भन्यो । भ्रष्टाचारका आरोपहरूमा घरविहीनहरूका लागि सरकारी भवन योजनाबाट चोरी पनि समावेश छ ।  सतहत्तर वर्षीया हसिना अगस्ट ५ मा हेलिकप्टरबाट भागेर भारत निर्वासनमा गईन्।

यसले कथित ‘सामूहिक हत्या’ को मुद्दामा उनलाई परीक्षणको सामना गराउन दृढ धेरै बङ्गलादेशीलाई क्रोधित बनायो । हसिनासँग टिप्पणीका लागि सम्पर्क गर्न सम्भव भएन । बेलायती प्रधानमन्त्री कार्यालयबाट आएको विज्ञप्तिअनुसार सिद्दीकले उनलाई घोटालामा संलग्न भएको आरोप लगाइएको ‘दावीमा कुनै संलग्नता अस्वीकार’ गरेका छन् । अमेरिकामा रहेको बुझिएका जोय पनि टिप्पणीका लागि उपलब्ध भएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
जनकपुरको खराब सुरुवात, पावर प्लेमै गुमायो तीन विकेट
जनकपुरको खराब सुरुवात, पावर प्लेमै गुमायो तीन विकेट
मन्त्रालयमै हुनेछ शिक्षामन्त्री महावीरको बास, मागे मन्त्रालयमै कोठा, आफैं पकाएर खाने
मन्त्रालयमै हुनेछ शिक्षामन्त्री महावीरको बास, मागे मन्त्रालयमै कोठा, आफैं पकाएर खाने
सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा
सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
एक हप्ताभित्र बीपी राजमार्गमा सवारी चल्छ : गृहमन्त्री लेखक
एक हप्ताभित्र बीपी राजमार्गमा सवारी चल्छ : गृहमन्त्री लेखक
मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव
मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
करेन्ट लागेर रामेछापमा एक जनाको मृत्यु
करेन्ट लागेर रामेछापमा एक जनाको मृत्यु