यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
३८ पटक हेरिएको
Shares
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)

सारांश

  • शनिबार (आज) बिहान सिस्नेरीमा रहेको बत्सलादेवी माध्यामिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको थियो।
  •   बाढीले बगाएका उनीहरूको परिचय खुलेको हो।
  • बेपत्ता विद्यार्थीहरूमा काठमाडौँका एकजना रहेका छन् भने मकवानपुरमा तीन र अन्य स्थानका दुईजना रहेका छन्।

 

१२ असोज, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा बाढीले बगाएका ६ जना विद्यार्थीको परिचय खुलेको छ।

शनिबार (आज) बिहान सिस्नेरीमा रहेको बत्सलादेवी माध्यामिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको थियो।  बाढीले बगाएका उनीहरूको परिचय खुलेको हो। बेपत्ता विद्यार्थीहरूमा काठमाडौँका एकजना रहेका छन् भने मकवानपुरमा तीन र अन्य स्थानका दुईजना रहेका छन्।

जसमा काठमाडौँका रियान्स आचार्य, मकवानपुरका अनुपम घलान, दिवस बानियाँ र सुमन योञ्जन रहेका छन्।यस्तै, सर्लाहीका आदित्य वलम्पाकी र निजगढका विकल रेग्मी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए। आज बिहान कुलेखानी जलविद्युत् केन्द्रको ड्याम खोल्दा सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएका थिए। कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताए। उनका अनुसार हालसम्म पनि उनीहरुको अवस्था अज्ञात छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?