भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
२३ पटक हेरिएको
Shares
भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक पक्राउ

सारांश

  • दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउँका ५१ वर्षीय पाल विष्टलाई जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।
  • विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको टोलीले विष्टको घरबाट भरुवा बन्दुक, सात राउण्ड सिसा गोली, दुई थान घोरलको छाला र दुई थान रतुवाको छाला बरामद गरेको जनाएको छ।
  • मंगलबार दिउँसो विष्टको घरमा गरेको खोजतलासका क्रममा यी सामाग्री फेला परेपछि उनलाई पक्राउ गरिएको बडूले बताए।

 

बैतडी- भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जनालाई पक्राउ गरिएको छ। दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउँका ५१ वर्षीय पाल विष्टलाई जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको टोलीले विष्टको घरबाट भरुवा बन्दुक, सात राउण्ड सिसा गोली, दुई थान घोरलको छाला र दुई थान रतुवाको छाला बरामद गरेको जनाएको छ। मंगलबार दिउँसो विष्टको घरमा गरेको खोजतलासका क्रममा यी सामाग्री फेला परेपछि उनलाई पक्राउ गरिएको बडूले बताए। विष्टले इजाजतबिना घरमा बन्दुक राखेको पाइएपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ