Press 4K
बिहिबार, २५ भाद्र २०८३

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
४४५ पटक हेरिएको
Shares
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले उपसभामुखको उम्मेदवार रुबीकुमारी ठाकुरलाई सदनमा ‘बहिनी’ भनेर सम्बोधन गरिएको भन्दै आपत्ति जनाएका छन् ।
  • शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा सबै माननीय बनेर आएपछि माननीय नै भनेर सम्बोधन गर्नुपर्ने भन्दै ‘बहिनी’ भन्ने शब्द खारेज गर्न माग गरे ।
  • उनले भने,‘हामी यहाँ सबैजना माननीय हौं ।

२७ चैत,काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले उपसभामुखको उम्मेदवार रुबीकुमारी ठाकुरलाई सदनमा ‘बहिनी’ भनेर सम्बोधन गरिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा सबै माननीय बनेर आएपछि माननीय नै भनेर सम्बोधन गर्नुपर्ने भन्दै ‘बहिनी’ भन्ने शब्द खारेज गर्न माग गरे ।

उनले भने,‘हामी यहाँ सबैजना माननीय हौं । पूर्ववक्ताहरुले हाम्रो माननीय रुबीकुमारी ठाकुरलाई बहिनी भनेर सम्बोधन गरेको सुनें । त्यो शब्द खारेज गरियोस् । यहाँ कोहीको बहिनी, नातिनी, बाजे भन्ने शब्दले बोल्नुहुँदैन् । माननीय भनेर नै सम्बोधन गर्नुपर्छ ।’ त्यस्तै उनले संसदमा आरोप–प्रत्यारोपभन्दा जिम्मेवारीपूर्ण व्यवहार आवश्यक रहेको बताए । रास्वापाले समर्थन जनाउने बाचा गरेर धोका दियो भनेर राप्रपाले व्यक्त गरेको धारणाप्रति असन्तुष्टि जनाउँदै उनले कसले फोन गरेको थियो,कसले औंला समाएर डोहोर्याएको थियो भनेर विलौना गर्नु उचित नहुने बताए ।

उनले भने,‘आम जनताले हामीलाई चयन गर्दा केके भन्यौं होला, प्रतिस्पर्धा हो । तर अहिले त्यो भन्दा संसदको मर्यादा रहन्छ जस्तो लाग्दैन् । यहाँ कसैले कसैलाई सिकाइराख्नु पर्दैन् । त्यति सुझबुझ हामी राख्छौं । त्यसैले कसले फोन गरेको थियो, कसले आंैला समाएर डोहोर्याएको थियो भनेर विलौना गर्न उचित जस्तो लाग्दैन् । तर हामी माननीय भएर आइसकेका छौं । अब चाँही अरुलाई आक्षेप लगाउने काम नगरौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहाका मृ*तक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे
सिरहाका मृ*तक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे
झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते
झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
विदेशको लोभ देखाएर २ करोड ठगी गर्ने संजय पक्राउ
विदेशको लोभ देखाएर २ करोड ठगी गर्ने संजय पक्राउ
एक सातामा धरहराबाट करिब १५ लाख राजस्व संकलन
एक सातामा धरहराबाट करिब १५ लाख राजस्व संकलन
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
९० वर्षभन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
९० वर्षभन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...