डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

सारांश

  •   पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन् ।
  • उनले भने, ‘पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ ।

२६ वैशाख, काठमाडौं । 

पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन् ।

उनले भने, ‘पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेङ्गी सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ । पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी रोग लाग्ने गर्दछ । शाखा प्रमुख डा दाहालले गत वर्ष धेरै डेङ्गी सङ्क्रमण भएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए। उनका अनुसार पुस १७  यता ९६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान
इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान
इनिशाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन
इनिशाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
रुपन्देही जिल्ला अदालतमा आज पनि रविको थुनछेक बहस
रुपन्देही जिल्ला अदालतमा आज पनि रविको थुनछेक बहस
बालुवाटारको पवित्र वर्कसपमा २ वटा श*व फेला
बालुवाटारको पवित्र वर्कसपमा २ वटा श*व फेला
दुई कम्युनिस्ट पार्टीबीच एकता, सुवेदीको संयोजकत्वमा नेकपा
दुई कम्युनिस्ट पार्टीबीच एकता, सुवेदीको संयोजकत्वमा नेकपा
जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु
जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन