प्रचण्डलाई रघुजी पन्तको जबाफ- तपाईंलाई नचाहिए प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ११, २०८१
|
|
२६ पटक हेरिएको
Shares
प्रचण्डलाई रघुजी पन्तको जबाफ- तपाईंलाई नचाहिए प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्

सारांश

  • मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले प्रमुख प्रतिपक्षी दलको नेता पद संवैधानिक भएको र पहिलो र दोस्रो दल मिलेर सरकार बनाएपछि तेस्रो दलले स्वतः पाउने बताए।
  • ‘संविधान त पढ्नुहोस्, प्रमुख प्रतिपक्षको पद तपाईंले दिएर, खोजेर पाउने पद होइन।
  • हामीले खोजेर पनि पाउने पद होइन।

 

११ भदौ , नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दल नेता आफूलाई नचाहिए जनार्दन शर्मालाई दिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले प्रमुख प्रतिपक्षी दलको नेता पद संवैधानिक भएको र पहिलो र दोस्रो दल मिलेर सरकार बनाएपछि तेस्रो दलले स्वतः पाउने बताए। ‘संविधान त पढ्नुहोस्, प्रमुख प्रतिपक्षको पद तपाईंले दिएर, खोजेर पाउने पद होइन। हामीले खोजेर पनि पाउने पद होइन। तपाईंलाई पनि दिएको होइन। तपाईंको दललाई दिएको हो। दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो दल प्रमुख प्रतिपक्षीमा स्वतः भएको हो। मन लाग्दैन भने तपाईंकै छेऊमा जनार्दनजी हुनुहुन्छ दिनुस् न उहाँलाई! चाहिँदैन हामीलाई। नभए अर्को दलको नेतालाई दिनुस्। यति ज्ञान त हुनुपर्यो नि!,’ उनले भने।मंगलबारको प्रतिनिधि सभामा माओवादीका अध्यक्ष प्रचण्डले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिन अनेक तर्कवितर्क गरिएको भन्दै प्रमुख प्रतिपक्षी दलको नेता पनि सत्तापक्षलाई आफै राख्न भनेका थिए। त्यसप्रति लक्षित गर्दै सांसद पन्तले यसैको जबाफ फर्काएका हुन्। ‘प्रमुख प्रतिपक्षी दलको नेता हुने अनि यो पद पनि लैजाऊ भन्ने, प्रधानमन्त्री पद गएको यति किन औडाहा र छटपटी! चाहिँदैन सत्ता भन्नुहुन्छ। घरी यता, घरी उता गरेर यो संसदभित्र जता सत्ता उतै प्रचण्ड भनेर स्थापित गर्ने को?तपाईं स्वयम् होइन? तपाईंकै कारणले मुलुकमा अस्थिरता उत्पन्न भयो। तपाईंकै कारणले राजनीतिक दलका नेताहरूको विश्वसनीयता कमजोर भयो। त्यसैले आफूतिर फर्किएर हेर्नुस्,’ पन्तले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?