निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन रानामगर बेलायत प्रस्थान
सारांश
- पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा राना मागर बेलायत प्रस्थान गरेकी छिन् ।
- कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा (निम्सदाइ)को अन्त्येष्टि समारोहमा सहभागी हुन रास्वपा सांसद रानामगर सोमबार बेलायतको लण्डन प्रस्थान गरेकी हुन् ।
- पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका पूर्वगोर्खा सैनिक निर्मल पूर्जाको २६ अगस्टमा दक्षिण पश्चिम इंग्ल्याण्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा अन्त्येष्टि समारोह हुँदैछ ।
८ भदौ, काठमाडौं ।
पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा राना मागर बेलायत प्रस्थान गरेकी छिन् । कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा (निम्सदाइ)को अन्त्येष्टि समारोहमा सहभागी हुन रास्वपा सांसद रानामगर सोमबार बेलायतको लण्डन प्रस्थान गरेकी हुन् ।

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका पूर्वगोर्खा सैनिक निर्मल पूर्जाको २६ अगस्टमा दक्षिण पश्चिम इंग्ल्याण्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा अन्त्येष्टि समारोह हुँदैछ । बेलायतको नागरिकता लिएका निम्सको अन्त्येष्टि इंग्ल्याण्डमा हुन लागेको हो । निम्सको अन्त्येष्टिमा सहभागी हुन सांसद डेभिड मिङ्मा शेर्पा पनि आजै बेलायत जाँदैछन् ।

प्रतिक्रिया