इटहरीको यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ९, २०८१
|
|
५६ पटक हेरिएको
Shares
इटहरीको यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ

सारांश

  • कार्यालय बाहिर बसेर बिचौलियाले अत्यधिक दुःख दिने गरेको गुनासो आएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामचन्द्र तिवारीसहितको टोलीले यातायात कार्यालयमा बुधवार अनुगमन गरेको थियो ।
  • यसपछि सेवा लिन आउने ग्राहकसँग अतिरिक्त पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्याएर मिलेमतो गर्ने १७ जना बिचौलियालाई मंगलवार पक्राउ गरिएको प्रजिअ तिवारीले बताए ।
  • पक्राउ पर्नेमा यातायात कार्यालय बाहिर फोटोकपी लगायतका पसल थापेर बस्ने बिचौलियाहरू रहेको प्रहरीले जनाएको छ ।

 

९ असोज , सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा बिचौलिया भइ ठगी गरेको आरोपमा नेपाल प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।

कार्यालय बाहिर बसेर बिचौलियाले अत्यधिक दुःख दिने गरेको गुनासो आएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामचन्द्र तिवारीसहितको टोलीले यातायात कार्यालयमा बुधवार अनुगमन गरेको थियो ।यसपछि सेवा लिन आउने ग्राहकसँग अतिरिक्त पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्याएर मिलेमतो गर्ने १७ जना बिचौलियालाई मंगलवार पक्राउ गरिएको प्रजिअ तिवारीले बताए ।

पक्राउ पर्नेमा यातायात कार्यालय बाहिर फोटोकपी लगायतका पसल थापेर बस्ने बिचौलियाहरू रहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान शुरू गरेको इटहरी प्रहरीले जनाएको छ । पक्राउ गर्नेहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ