मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
४१ पटक हेरिएको
Shares
मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो

सारांश

  • ३५ प्रतिशतमा धान रोपिएको छ, जुन अघिल्लो वर्षको ९७ प्रतिशतको तुलनामा साढे १० प्रतिशतले कम हो ।
  • ३ लाख ७० हजार हेक्टर जमिनमा धान खेती हुने मधेशमा मनसुनकै कारण रोपाइँ ढिलो भएको र धेरै स्थानमा बीउ छिप्पिएकाले उत्पादकत्वमा समेत असर पर्ने चौंलागाईको भनाइ छ ।
  • कोशी प्रदेशमा पनि अघिल्लो वर्ष १०० प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ९७.

देशको प्रमुख अन्न भण्डार मानिने मधेश प्रदेशमा यो वर्ष कुल क्षेत्रफलको मात्र ८६.३५ प्रतिशतमा धान रोपिएको छ, जुन अघिल्लो वर्षको ९७ प्रतिशतको तुलनामा साढे १० प्रतिशतले कम हो । ३ लाख ७० हजार हेक्टर जमिनमा धान खेती हुने मधेशमा मनसुनकै कारण रोपाइँ ढिलो भएको र धेरै स्थानमा बीउ छिप्पिएकाले उत्पादकत्वमा समेत असर पर्ने चौंलागाईको भनाइ छ ।
कोशी प्रदेशमा पनि अघिल्लो वर्ष १०० प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ९७.२४ प्रतिशतमा सीमित भएको छ । बागमती, गण्डकी, लुम्बिनी लगायतका अन्य प्रदेशमा पनि रोपाइँको दर केही कम देखिएको छ ।

बीउ ढिलो रोपिँदा उत्पादकत्वमा असर

विशेषगरी मधेश र कोशी प्रदेशमा रोपिने उन्नत जातको धान छिट्टै रोप्नुपर्ने हुन्छ । बीउ राखेको २१ दिनभित्र रोपाइँ गर्न नसक्दा बीउ छिप्पिने र त्यसले उत्पादनमा प्रत्यक्ष असर गर्ने विज्ञहरुले बताएका छन् ।
धान उत्पादन घटेपछि धान तथा चामलको आयात बढ्ने र त्यससँगै खाद्यान्नको मूल्यमा समेत वृद्धि हुन सक्ने देखिएको छ । मनसुन कमजोर भएकोले यो वर्ष धान उत्पादनमा उल्लेखनीय गिरावट आउने देखिएको छ । यसले खाद्य सुरक्षा र महँगीमा असर पार्न सक्ने अनुमान विज्ञहरूले गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित
प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
राजकीय सम्मानकासाथ नेम्वाङको अन्तिम बिदाइ
राजकीय सम्मानकासाथ नेम्वाङको अन्तिम बिदाइ
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु
दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु
रास्वपाले बोलायो सचिवालय बैठक
रास्वपाले बोलायो सचिवालय बैठक
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह
आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दैछौं: अर्थमन्त्री
आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दैछौं: अर्थमन्त्री
पर्सामा खानेपानी र सिँचाइ संकट समाधानका लागि दीर्घकालीन योजना निर्माणको प्रतिबद्धता
पर्सामा खानेपानी र सिँचाइ संकट समाधानका लागि दीर्घकालीन योजना निर्माणको प्रतिबद्धता