विपक्षी दलहरूको बैठक सुरु
सारांश
- विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो ।
- बैठकमा माओवादीसहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी, आम जनता पार्टीका नेताहरू उपस्थित छन् ।
४ माघ, काठमाडौं । विपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो ।बैठकमा माओवादीसहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी, आम जनता पार्टीका नेताहरू उपस्थित छन् ।

आजको बैठक लगत्तै विपक्षी दलहरूले पत्रकार सम्मेलन गर्दैछन् ।सरकार विरुद्ध मोर्चाबन्दीमा लागेका विपक्षी दलहरूले पत्रकार सम्मेलनअघि आवश्यक छलफल थालेको बताइएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको कार्यशेली विरुद्ध विपक्षी दल, समाजवादी मोर्चाको अतिरिक्त मधेस केन्द्रित दलहरूले पनि गतिविधि बढाउन थालेका छन् ।

बैठकमा माओवादीबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन, रास्वपाबाट कार्यबाहक सभापति डीपी आर्याल र सचेतक सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल लगायत उपस्थित छन । 
प्रतिक्रिया