Press 4K
बुधबार, ६ श्रावण २०८३

एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ५, २०८३
|
|
५६८ पटक हेरिएको
Shares
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह

सारांश

  • मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईँले वर्तमान सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) खारेज गर्ने निर्णय गर्न आग्रह गरेका छन् ।
  • आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले एसपीपी र एमसिसी खारेज नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
  • उनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको प्रसंग उल्लेख गर्दै वर्तमान सरकारलाई ती सम्झौता खारेज गर्न दबाब दिएका छन् ।

५ वैशाख ,काठमाडौं ।

मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईँले वर्तमान सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) खारेज गर्ने निर्णय गर्न आग्रह गरेका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले एसपीपी र एमसिसी खारेज नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् । उनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको प्रसंग उल्लेख गर्दै वर्तमान सरकारलाई ती सम्झौता खारेज गर्न दबाब दिएका छन् ।

उनले सरकारसँग क्याबिनेटबाट निर्णय गरेर हिन्दु राष्ट्र पुनः स्थापना गर्नसमेत माग गरेका छन् । ‘सरकारलाई के भन्छु भने क्याबिनेटबाट निर्णय गरेर हिन्दु राज्य कायम गरियोस्। तपाईँहरूसँग बहुमत छ, निर्णय गर्नुस,’ उनले भने । प्रसाईँले राजसंस्था पुनःस्थापनाको मागसमेत अघि सारेका छन् । उनले भने, ‘हिन्दु राष्ट्र ल्याइदिनुस राजसंस्था ल्याइदिनुस् । यदि यस्तो निर्णय हुन्छ भने चुनाव नै आवश्यक पर्दैन, म सडकमा उभिन्छु ।

त्यस्तै उनले सर्वदलीय सरकार गठन गरी संविधान संशोधन गर्नुपर्ने धारणा पनि राखेका छन् । विवादित विषयहरू मिलाएर मात्र निर्वाचनमा जानुपर्ने उनको भनाइ छ । ‘पहिला संविधान संशोधन गरौँ, सर्वपक्षीय सरकार बनाऔँ, नमिलेका कुरा मिलाऔँ अनि मात्र चुनावमा जाऔँ भन्ने मेरो धारणा थियो,’ उनले भने, ‘तर हतारमा चुनाव गराइयो ।’ उनले अहिलेको राजनीतिक अवस्था प्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई जनताको अपेक्षाअनुसार निर्णय गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
मेयर कटुवालले गरिन द्रुत सिकाई केन्द्रको अनुगमन ।
मेयर कटुवालले गरिन द्रुत सिकाई केन्द्रको अनुगमन ।
हमासद्वारा विपीनसहित चार बन्धकको श*व फिर्ता
हमासद्वारा विपीनसहित चार बन्धकको श*व फिर्ता
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय
चितवनमा सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ
चितवनमा सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी
महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी
आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
१५ जेठका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं, जनधनको क्षति हुँदैन : प्रहरी
१५ जेठका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं, जनधनको क्षति हुँदैन : प्रहरी

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...