दक्षिण कोरियाका राष्ट्रपति पदबाट बर्खास्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
३२ पटक हेरिएको
Shares
दक्षिण कोरियाका राष्ट्रपति पदबाट बर्खास्त

सारांश

  •   दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ।
  •   दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने प्रयास गरेपछि त्यहाँको संसद्‌ले लगाएको महाभियोग शुक्रबार संवैधानिक अदालतले सदर गरेको हो।
  • महाभियोगका पक्षमा संवैधानिक अदालतका आठै सदस्य एकमत भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

२२ चैत, दक्षिण कोरिया । 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ।  दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने प्रयास गरेपछि त्यहाँको संसद्‌ले लगाएको महाभियोग शुक्रबार संवैधानिक अदालतले सदर गरेको हो।महाभियोगका पक्षमा संवैधानिक अदालतका आठै सदस्य एकमत भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

उनलाई पदबाट हटाएका कारण दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ। राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए। तर संसद्‌मा व्यापक विरोध भएपछि दुई घण्टामै घोषणा फिर्ता लिन बाध्य भएका थिए।  तर पनि त्यस्तो प्रयास गरेको भनी दक्षिण काेरियाली संसद्ले उनीविरुद्ध महाभियोग लगाएको थियो। त्यहाँको प्रावधानअनुसार महाभियोलाई संवैधानिक अदालतले सदर गरेपछि मात्र उनी पदबाट हट्नुपर्थ्यो।

शुक्रबार संवैधानिक अदालतले महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट हटेका हुन्।  उनको महाभियोग अदालतमा विचाराधीन रहँदा दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सुलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको थियो।  त्यसो त राष्ट्रपति योलविरूद्धको महाभियोग प्रक्रिया अगाडि नबढाएको भनी संसद्‌ले उनीविरुद्ध पनि महाभियोग लगाएको थियो।  तर उनीविरुद्धको महाभियोग संवैधानिक अदालतले अस्वीकृत गरिदिएपछि उनी पुन: जिम्मेवारीमा फर्किएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान
हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान
रोल्पा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच अझै बेपत्ता
रोल्पा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच अझै बेपत्ता
गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम
गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम
शिक्षकको आन्दोलन नवौं दिनमा, महासंघ अध्यक्ष भन्छन् – सरकार आलस्य र गैरजिम्मेवारी देखियो
शिक्षकको आन्दोलन नवौं दिनमा, महासंघ अध्यक्ष भन्छन् – सरकार आलस्य र गैरजिम्मेवारी देखियो
रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति
रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति
बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति
बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे दलहरू
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे दलहरू
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?