काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु

सारांश

  • काठमाडौँमा पनि आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।
  • काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्।
  •   स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ।

२४ भदौ, काठमाडौं ।

काठमाडौँमा पनि आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्।  स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ।

कर्फ्यु अवधिभरि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउन जस्ता क्रियाकलाप गर्न नपाइने सूचनामा उल्लेख छ।  यी हुन कर्फ्यु आदेश जारी भएका क्षेत्र काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएकाे छ।

उल्लेखित क्षेत्रमा कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मीहरू, पर्यटकका सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको लागि भने आवागमनको लागि सुरक्षाकर्मीबाट सहजीकरण हुने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्र मन्त्री राणा आज इटली जाँदै
परराष्ट्र मन्त्री राणा आज इटली जाँदै
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध
थलपति विजयले लिए मुख्यमन्त्रीको शपथ, मञ्चमै गरे तीन निर्णयमा हस्ताक्षर
थलपति विजयले लिए मुख्यमन्त्रीको शपथ, मञ्चमै गरे तीन निर्णयमा हस्ताक्षर
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन चारवर्षसम्म अधुरै
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन चारवर्षसम्म अधुरै
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त
विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने
विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु
देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु