फरार दुर्गा प्रसाईंको सरकारलाई चुनौती: ‘२४ घन्टाभित्र मलाई र राजालाई थुनेर देखाऊ’

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
२६ पटक हेरिएको
Shares
फरार दुर्गा प्रसाईंको सरकारलाई चुनौती: ‘२४ घन्टाभित्र मलाई र राजालाई थुनेर देखाऊ’

सारांश

  •   राजावादी आन्दोलनमा कमान्डर तोकेर आन्दोलनलाई भड्काउने र हिंसात्मक बनाउने भूमिका खेलेको आरोपमा सरकारले उनलाई खोजी गरिरहेको बेला उनले सरकारलाई २४ घन्टाभित्र आफू र पूर्वराजा ज्ञानेन्द्रलाई थुन्न चुनौती दिएका हुन्।
  • प्रसाईंले सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गर्दै सरकारले राजावादी आन्दोलन दबाउन खोजेको आरोप लगाए।
  • उनले भने, ‘सरकारले हिम्मत छ भने २४ घन्टाभित्र मलाई र राजालाई गिरफ्तार गरेर देखाओस्।

१७ चैत, काठमाडौं–

सरकारद्वारा खोजी भइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारलाई खुला चुनौती दिएका छन्।  राजावादी आन्दोलनमा कमान्डर तोकेर आन्दोलनलाई भड्काउने र हिंसात्मक बनाउने भूमिका खेलेको आरोपमा सरकारले उनलाई खोजी गरिरहेको बेला उनले सरकारलाई २४ घन्टाभित्र आफू र पूर्वराजा ज्ञानेन्द्रलाई थुन्न चुनौती दिएका हुन्।

प्रसाईंले सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गर्दै सरकारले राजावादी आन्दोलन दबाउन खोजेको आरोप लगाए। उनले भने, ‘सरकारले हिम्मत छ भने २४ घन्टाभित्र मलाई र राजालाई गिरफ्तार गरेर देखाओस्।’ सरकारले आन्दोलनलाई उग्र बनाउन प्रसाईंको संलग्नता रहेको दाबी गर्दै उनीविरुद्ध कानूनी प्रक्रिया अघि बढाएको छ। यसैक्रममा सुरक्षा निकायले उनको खोजी तीव्र बनाएको छ। प्रसाईंले आफू सुरक्षित बसेको जानकारी पनि भिडियो मार्फत दिएका छन्।

‘म भागेको छैन, भाग्दिनँ। पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन । मलाई गोञ्जालो बनाएर दबाउन खोजिएको छ। त्यसैले सुरक्षितमात्रै बसेको हो। प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ । म भाग्दिनँ । बरु तपाईंहरुकै अगाडि मर्छु,’ उनले भनेका छन्।उनले प्रहरीसँग क्षमा पनि मागेका छन्। ‘म सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर भित्र पसेको हो। प्रहरीप्रति दुश्मनी होइन। पर्न गएको चोटमा क्षमा चाहन्छु,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो
सहकारी ठगी आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ
सहकारी ठगी आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
कांग्रेस बलियो भए मात्रै देश समृद्ध हुन्छ : देउवा
कांग्रेस बलियो भए मात्रै देश समृद्ध हुन्छ : देउवा
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव