हङकङसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
५२ पटक हेरिएको
Shares
हङकङसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा

सारांश

  • हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् ।
  • शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे ।
  • ३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो ।

 

३० चैत, काठमाडौं ।

हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे । ३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो । एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र भयो ।

नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । यसअघि कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेटरनरेट पनि बढाएपछि यो खेल निर्णायक बनेको थियो । खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ भएको थियो र फेरि पानी पर्न थालेपछि खेल सुरु भएन । नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ