पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १८, २०८०
|
|
३५ पटक हेरिएको
Shares
पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

सारांश

  • गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजना दोषी ठहर भएका छन्।
  • अर्याल र टराईसँगै वीरगञ्ज महानगरपालिका–२ बस्ने ज्यायुल हक र एसानुल हक राकी पनि दोषी ठहर भएका हुन्।
  • कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा राष्ट्रसेवकलाई सहयोग गरी आफूहरुले फाइदा लिइ नेपाल सरकारलाई हानी पुर्‍याएको भन्दै ज्यायुल र एसानुल तथा दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

१८ फागुन, वीरगञ्ज । गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजना दोषी ठहर भएका छन्।

अर्याल र टराईसँगै वीरगञ्ज महानगरपालिका–२ बस्ने ज्यायुल हक र एसानुल हक राकी पनि दोषी ठहर भएका हुन्। कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा राष्ट्रसेवकलाई सहयोग गरी आफूहरुले फाइदा लिइ नेपाल सरकारलाई हानी पुर्‍याएको भन्दै ज्यायुल र एसानुल तथा दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले चारै जनालाई बुधबार दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारै जनाविरुद्ध गत वैशाख १९ गते विशेषमा मुद्दा दायर गराएको थियो। पर्सा साविक अलौ गाविस वडा नम्बर ५ को कित्ता नम्बर ९२ को ऐलानी/सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएर ऐलानी जग्गा कानुनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानुनी कार्यबाट सरकारलाई हानी पुर्‍याएको अभियोगमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी
काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा
राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित
राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं: दुर्गा प्रसाईं
जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं: दुर्गा प्रसाईं
म्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान
म्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान
निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुला
निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुला