म्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
३४ पटक हेरिएको
Shares
म्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान

सारांश

  • म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब डेढ अर्ब अपचलन प्रकरणमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
  • म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले बुधबार भएको थुनछेक बहसपछि समन्वय प्रमुख राजकुमार थापासहित ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।
  • सहकारीको पूर्वउपाध्यक्ष रहेका थापासहित पूर्व अध्यक्ष मनप्रसाद थजाली, सञ्चालक समिति सचिव देवी थापा, पूर्व प्रवन्धक रुद्र गुरुङ र लेखा समितिका पूर्व सदस्य लोकबहादुर पुन (लोकेश) लाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको श्रेस्तेदार भोलाराज रेग्मीले जानकारी दिए ।

 

२२ फागुन, पोखरा । म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब डेढ अर्ब अपचलन प्रकरणमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले बुधबार भएको थुनछेक बहसपछि समन्वय प्रमुख राजकुमार थापासहित ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।

सहकारीको पूर्वउपाध्यक्ष रहेका थापासहित पूर्व अध्यक्ष मनप्रसाद थजाली, सञ्चालक समिति सचिव देवी थापा, पूर्व प्रवन्धक रुद्र गुरुङ र लेखा समितिका पूर्व सदस्य लोकबहादुर पुन (लोकेश) लाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको श्रेस्तेदार भोलाराज रेग्मीले जानकारी दिए । माघ २० गते पक्राउ परेका थापासहितलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान प्रतिवेदन तयार गरी प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।सरकारी वकिलको कार्यालय प्रहरीको प्रतिवेदन अध्ययन गरी सहकारी ठगीमा मात्र कारबाही गर्न माग गर्दै फागुन १५ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।

थापासहित २५ जनालाई विपक्षी बनाएर अदालतमा दायर अभियोग पत्रमा १ अर्ब १३ करोड बिगो माग दाबी गरिएको थियो । प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले सहकारीको डेढ अर्ब रुपैयाँ जोखिममा परेको भन्दै थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो ।यो सहकारी ठगी प्रकरणमै प्रहरी हिरासतमा रही विरामी परेर अस्पतालमा उपचार गराइरहेका पूर्व अध्यक्ष थमबहादुर गर्बुजालाई स्वास्थ्यमा सुधार भएपछि उपस्थित गराउन अदालतले आदेश गरेको छ । कुमारी सहकारीको रकम अपचलन अभियोगमा अझै १९ जना फरार रहेको प्रहरीले जनाएको छ ।

 

जिसस म्याग्दीका अध्यक्ष थापा नेकपा एमालेबाट निर्वाचित हुन् । उनलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेकाले मुद्दाको किनारा लगाग्दासम्म पार्टीबाट निलम्बन गरिएको एमाले प्रदेश इन्चार्ज किरण गुरुङले जानकारी दिएका छन् ।थापाले आफू उपाध्यक्ष छँदा सहकारीको रकम आफ्नो बोर्डिङ स्कुल, जग्गा खरिद तथा व्यक्तिगत प्रयोजनमा लगाएको उनीमाथि अभियोग छ । कुमारी सहकारीमा करिब ६ हजार जना बचतकर्ताको रकम हिनामिना भएको उजुरी परेपछि रजिस्ट्रारको कार्यालयले हिसाब मिलाउन १ वर्षको समय दिएको थियो ।त्यो अवधिमा केही रकम सहकारीमा फिर्ता गरे पनि अपचलन भएको रकम मिलान नभएपछि रजिस्ट्रारको कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको थियो ।

थापाले सहकारीको रकम बुद्ध एकेडेमीमा पनि खर्च गरेको पाइएको थियो । सुरुमा रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय विश्लेषण प्रतिवेदनमा १ अर्ब ४९ करोड अपचलन देखिएको भए पनि थापाले केही जग्गाको हिसाब मिलान गरेका थिए ।तर, अझै करिब १ अर्ब ४२ करोड रुपैयाँ जोखिममा परेको रजिस्ट्रारको कार्यालयको निष्कर्ष थियो ।२०६५ सालमा मनप्रसाद थजालीको अध्यक्षतामा गठन भएको सहकारीबाट निवर्तमान उपाध्यक्षसमेत रहेका जिसस प्रमुख थापालगायतको योजनामा रकम दुरुपयोग भएको प्रतिवेदनमा थियो ।सहकारीमा अहिलेका अध्यक्ष यमबहादुर रोका, ऋण समिति संयोजक सूर्यबहादुर तिलिजा, लेखा समिति संयोजक गेमबहादुर घर्ती छन् ।

२०७९ माघ २८ नयाँ कार्यसमिति चुनिएर आउनुभन्दा अगाडि नै सहकारीमा समस्या आइसकेको थियो । सहकारीमा २०८७ फागुनसम्म रुद्रबहादुर गुरुङ र त्यसपछि दिलिप रम्जाली व्यवस्थापक भएर काम गरेका थिए ।सहकारीबाट लिएको रकमको ब्याज र साँवासमेत सहकारीमा नबुझाई छुट खर्च लेख्न लगाउने काम जिसस प्रमुखले गरेको अभियोग छ । राजकुमारले पत्नीको नामको ऋणसमेत डर, त्रास र धम्की देखाई मिलान गर्न लगाई सहकारीका बचतकर्ताको बचत हिनामिना गरी अपचलन गरेको अनुसन्धान प्रतिवेदनमा थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा बैठक : दोस्रो दिनको छलफल जारी
राप्रपा बैठक : दोस्रो दिनको छलफल जारी
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त
एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द
मधेश प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना उत्साहजनक : डिआईजी थपलिया
मधेश प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना उत्साहजनक : डिआईजी थपलिया
रिगल ढकालको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला
रिगल ढकालको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला