पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २, २०८१
|
|
३१ पटक हेरिएको
Shares
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर

सारांश

  • खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले मुद्दा दायर गरेका हुन्।
  • अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन्।
  • खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौं रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलले दाबी गरेका छन्।

२ भदौ , काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ।

खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले मुद्दा दायर गरेका हुन्। अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन्। खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौं रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलले दाबी गरेका छन्।

कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन्।सही सुराकीलाई नदिइकन नक्कली सुराकी खडा गरी सुराकी रकम लिन दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यमा पर्ने हुँदा खरेललाई तत्काल पक्राउ गरी निजलाई भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न समेत सफलले माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मुल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?
सुनको मुल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?
धादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो
धादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
महेश बर्तौलाद्वारा प्रशान्त तामाङप्रति श्रद्धाञ्जली
महेश बर्तौलाद्वारा प्रशान्त तामाङप्रति श्रद्धाञ्जली
संविधान पुनरावलोकनमा ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला
संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने
संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने
नेपाल आइपुगिन् गायिका मेनुका पौडेल
नेपाल आइपुगिन् गायिका मेनुका पौडेल
निरंकुशताको पक्षमा उठ्ने आवाज अपराध हो, आन्दोलन होइनः प्रचण्ड
निरंकुशताको पक्षमा उठ्ने आवाज अपराध हो, आन्दोलन होइनः प्रचण्ड
ईश्वरपुरमा बि.पी. कोईरालाको ४३औं स्मृति दिवस मनाइयो, रक्तदान र उत्कृष्ट विद्यार्थी सम्मान
ईश्वरपुरमा बि.पी. कोईरालाको ४३औं स्मृति दिवस मनाइयो, रक्तदान र उत्कृष्ट विद्यार्थी सम्मान
जडीबुटी उत्पादन कम्पनीमा आगजनी, सुरक्षाकर्मी पुग्न सकेनन्