स्कुटर दुर्घटनामा परेर एकजनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
स्कुटर दुर्घटनामा परेर एकजनाको मृ*त्यु

सारांश

  • जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढे बीचको जुधाइमा परेर एकजनाको मृत्यु भएको छ ।
  • सडकमा दुई साँढे बीचको लडाइँमा परेर स्कुटर दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो ।
  • मधेश प्र.

 

१२ जेठ, जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढे बीचको जुधाइमा परेर एकजनाको मृत्यु भएको छ । सडकमा दुई साँढे बीचको लडाइँमा परेर स्कुटर दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो ।

मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम ६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला सडकमा जुधिरहेका साँढेसँग राति साढे ८ बजेतिर ठोक्किँदा राइन गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लगिए पनि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?