काठमाडौं र ललितपुरका केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
३२ पटक हेरिएको
Shares
काठमाडौं र ललितपुरका केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध

सारांश

  • काठमाँडौं उपत्यकाका केही ठाउँमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
  • नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि फरक-फरक दिन केही ठाउँमा विद्युत सेवा बन्द गर्न लागेको जनाएको छ ।
  • प्राधिकरणले सूचना जारी गर्दै आजदेखि यही माघ २९ गतेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

२१ माघ, काठमाडौं । काठमाँडौं उपत्यकाका केही ठाउँमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि फरक-फरक दिन केही ठाउँमा विद्युत सेवा बन्द गर्न लागेको जनाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै आजदेखि यही माघ २९ गतेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय लाइन भूमिगत गर्न लागेको छ । सोही अनुसार २९ गतेसम्म ती क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत सेवा अवरुद्ध गर्न लागिएको हो ।

प्राधिकरणका अनुसार आज टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुलको क्षेत्र, मंगलबार कलंकी फिडरअन्तर्गत कलंकी मालपोत कार्यालय आसपास, बुधबार बालकुमारी, इमाडोल तथा लुभु वरिपरिको क्षेत्रमा  विद्युत सेवा अवरुद्ध हुनेछ । यस्तै बिहीबार नैकापदेखि बलम्बुसम्मको क्षेत्र, २५ गते शुक्रबार बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्र, २७ गते बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्म, २८ गते गोशाला चोकदेखि पुरानो बानेश्वरसम्म र २९ गते रोतोपुलदेखि गौशालासम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला
जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला
मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ
मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ
सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन
सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
१ लाख १० हजारका कारण सर्लाहीका  एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
१ लाख १० हजारका कारण सर्लाहीका एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए
गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ