एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १०, २०८१
|
|
४३ पटक हेरिएको
Shares
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ ।
  • पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा सङ्घर्षका कार्यक्रममा सक्रिय ढङ्गले सहभागी हुन निर्देशन दिएको छ ।
  • केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार समान राजनीतिक सिद्वान्त र दृष्टिकोण भएका वामपन्थी शक्तिबीच एकता तथा परिवर्तन पक्षधरसँग सहकार्य गरी गणतन्त्रको पक्षमा जनमत सृजना गर्न सम्पूर्ण कमिटीलाई परिपत्र गरिएको छ ।

१० चैत, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ । पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा सङ्घर्षका कार्यक्रममा सक्रिय ढङ्गले सहभागी हुन निर्देशन दिएको छ ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार समान राजनीतिक सिद्वान्त र दृष्टिकोण भएका वामपन्थी शक्तिबीच एकता तथा परिवर्तन पक्षधरसँग सहकार्य गरी गणतन्त्रको पक्षमा जनमत सृजना गर्न सम्पूर्ण कमिटीलाई परिपत्र गरिएको छ । समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा आयोजना गर्ने विरोध प्रदर्शन तथा आमसभालाई सफल बनाउन पार्टीका सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

मुलुकमा सुशासन कायम गर्ने, रोजगारीका अवसर सृजना, आर्थिक समृद्धिका साथै सामाजिक रुपान्तरणलाई प्राथमिकता राखेर देशभर समाजवादी अभियान सुरु गरेको पार्टीले सङ्गन विस्तारलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

(रासस)     

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीका ६३ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
नेपाल प्रहरीका ६३ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक
दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक
चिकित्सकको लापरबाहीले गयो दुई महिने शिशुको ज्यान
चिकित्सकको लापरबाहीले गयो दुई महिने शिशुको ज्यान
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलायो : सभामुख
नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलायो : सभामुख
६.५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
६.५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
सप्तरीमा कर्फ्यु कायमै, अत्यावश्यक सामग्री खरिद गर्न दिइने
सप्तरीमा कर्फ्यु कायमै, अत्यावश्यक सामग्री खरिद गर्न दिइने
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
एनपीएलको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला
एनपीएलको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला
हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार
हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार