आइपिएल पुन: सुचारु हुदै, बाँकी खेल यी तीन स्टेडियममा हुनसक्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
आइपिएल पुन: सुचारु हुदै, बाँकी खेल यी तीन स्टेडियममा हुनसक्ने

सारांश

  • रोकिएको इण्डियन प्रिमियर लिग (आइपिएल) पुन: सुचारु गर्ने बारे भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आज निर्णय लिन सक्ने बताइएको छ ।
  •   भारतीय मिडियाहरुका अनुसार आज बोर्डले आइपिएलका बाँकी खेल पुन: सुचारु गर्ने बारे छलफल गर्ने उल्लेख गरेका छन् ।
  • आइपिएलमा अझै १२ लिग खेल बाँकी छन् भने प्लेअफका चार खेल बाँकी छन् ।

२७ वैशाख, काठमाडौँ ।

रोकिएको इण्डियन प्रिमियर लिग (आइपिएल) पुन: सुचारु गर्ने बारे भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आज निर्णय लिन सक्ने बताइएको छ ।  भारतीय मिडियाहरुका अनुसार आज बोर्डले आइपिएलका बाँकी खेल पुन: सुचारु गर्ने बारे छलफल गर्ने उल्लेख गरेका छन् । आइपिएलमा अझै १२ लिग खेल बाँकी छन् भने प्लेअफका चार खेल बाँकी छन् । यसअघि प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो ।

विहिबार राति पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोनले आक्रमण गरेपाची हिमाचल प्रदेशको धर्मशालामा जारी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुदाहुदै खेल रोकिएको थियो । यो खेल पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सविरुद्ध १०.१ ओभर ब्याटिंग गरेपछि रोकिएको थियो । यो खेल रद्ध भएको वा पुन: खेलाइने बारे बोर्डले अहिलेसम्म कुनै निर्णय लिएको छैन । बोर्डले एक साताका लागि स्थगित गरेको आइपिएल मे १५ देखि सुचारु हुनसक्ने क्रिकइन्फोले उल्लेख गरेको छ ।

प्रतियोगिता स्थगित भएपछि धेरै जसो विदेशी खेलाडी आफ्नो देश फर्किएको अवस्थामा उनीहरुलाई पुन भारत आउन केहि दिन समय दिएर आइपिएल सुचारु गर्ने तयारी गरिएको रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार आइपिएलका बाँकी खेलहरु दक्षिण भारतका बैंगलुरु, चेन्नई र हैदरावादमा हुनसक्ने बताइएको छ । अहिले सात टिम प्लेअफको दौडमामा कायम छन् भने चेन्नई सुपर किंग्स, सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु
रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड
विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला
विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला
स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार
स्वास्थ्य बीमा बोर्डमा करार सेवा : ११० मेडिकल अधिकृतले गरे नियुक्ति अस्वीकार
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
मधेशका नवनियुक्त मुख्यमन्त्री प्रहरीको भूमिकाप्रति असन्तुष्टि
मधेशका नवनियुक्त मुख्यमन्त्री प्रहरीको भूमिकाप्रति असन्तुष्टि
‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
सुनको भाउ घट्यो, चाँदीको बढ्यो
सुनको भाउ घट्यो, चाँदीको बढ्यो
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज