पर्यटक आगमन वृद्धि, एक महिनामै आए ७१ हजार पर्यटक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
९४ पटक हेरिएको
Shares
पर्यटक आगमन वृद्धि, एक महिनामै आए ७१ हजार पर्यटक

सारांश

  • पछिल्लो एक महिनामा ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
  • वर्षायाममा पनि पर्यटकको संख्यामा कमि आएको छैन।
  •   नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार, यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.

१८ साउन, काठमाडौं ।

पछिल्लो एक महिनामा ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। वर्षायाममा पनि पर्यटकको संख्यामा कमि आएको छैन।  नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार, यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो। सन् २०२५ को जुलाईमा ७० हजार १९३ विदेशी पर्यटक नेपाल आएका थिए। पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट २३ हजार ४९० पर्यटक आएका हुन्। यो कुल आगमनको ३२.७३ प्रतिशत हो।

त्यस्तै, गत महिना चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। चीनबाट ११ हजार ९९ पर्यटक भित्रिएका छन्। यो अघिल्लो वर्षको जुलाईमा आएको ६ हजार ८९० को तुलनामा ६१.०९ प्रतिशत बढी हो।  सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ पर्यटक आएका थिए। यसरी चिनियाँ पर्यटक आगमन कोभिडपूर्व अवस्थाभन्दा ८.६५ प्रतिशत माथि पुगेको छ।  त्यसैगरी तेस्रो स्थानमा अमेरिका रहेको छ। अमेरिकाबाट जुलाईमा सात हजार ७५४ जना पर्यटक आएका छन्। यस्तै, बंगलादेशबाट चार हजार १७९, बेलायतबाट तीन हजार ७७३ र अस्ट्रेलियाबाट दुई हजार ४२८ जना पर्यटक नेपाल आएका छन्। क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी छ। जुलाईमा सार्क मुलुकबाट २९ हजार ७५५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो। तर, यो संख्या अघिल्लो वर्षको ३३ हजार ७८७ को तुलनामा ११.९३ प्रतिशत कम छ।

भुटानबाट आउने पर्यटकको संख्या ९९१ जना रहेको छ। पाकिस्तानबाट आउने पर्यटक ३.९४ प्रतिशतले बढेर ४७५ पुगेको छ। श्रीलंकाबाट ५८१ पर्यटक आएका छन् भने माल्दिभ्सबाट ३९ पर्यटक भित्रिएका छन्।  दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट जुलाईमा १७ हजार ४२४ जना पर्यटक आएका छन्। यो कुल आगमनको २४.२८ प्रतिशत हो। अघिल्लो वर्षको जुलाईमा १३ हजार ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए।  एशियाली मुलुकबाट आउने पर्यटकमा चीनपछि दक्षिण कोरिया रहेको छ। दक्षिण कोरियाबाट एक हजार ३९४, मलेसियाबाट एक हजार ३८०, जापानबाट एक हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ पर्यटक आएका छन् । युरोपबाट जुलाईमा नौ हजार २७९ जना पर्यटक आएका छन्। कुल आगमनमा युरोपको हिस्सा १२.९३ प्रतिशत रहेको छ। युरोपमा बेलायतबाट तीन हजार ७७३, जर्मनीबाट ७२३, स्पेनबाट ६८१, फ्रान्सबाट ६४४, नेदरल्यान्ड्सबाट ५१४, पोर्चुगलबाट ४८९ र रूसबाट ४६७ जना पर्यटक आएका छन्। अमेरिकी मुलुकबाट आठ हजार ८२४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। ओसियानियाबाट दुई हजार ६०७ पर्यटक आएका छन्।
मध्य–पूर्वबाट जुलाईमा ७३६ पर्यटक आएका छन्। अफ्रिकी मुलुकबाट भने जुलाईमा ३२४ पर्यटक नेपाल आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार
२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार
गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी छैन : गृहमन्त्री
गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी छैन : गृहमन्त्री
एसीसी यू–१६ इस्ट जोन कपः उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै
एसीसी यू–१६ इस्ट जोन कपः उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै
युवकलाई छुरा प्रहार गरी ह*त्या गर्ने युवती पक्राउ
युवकलाई छुरा प्रहार गरी ह*त्या गर्ने युवती पक्राउ
नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान
नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान
बोहोराटारस्थित राष्ट्रपति निवासमा गृहमन्त्रीको अवलोकन
बोहोराटारस्थित राष्ट्रपति निवासमा गृहमन्त्रीको अवलोकन
झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति
झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति
निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री
निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री
नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर
नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर
गैरीगाउँ हत्या प्रकरण: सरकारी वकिल कार्यालयमा बुझाइयो रायसहितको प्रतिवेदन
गैरीगाउँ हत्या प्रकरण: सरकारी वकिल कार्यालयमा बुझाइयो रायसहितको प्रतिवेदन