सिरहामा खुकुरी प्रहार गरी आफ्नै भाइले गरे दाइको ह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
४० पटक हेरिएको
Shares
सिरहामा खुकुरी प्रहार गरी आफ्नै भाइले गरे दाइको ह*त्या

सारांश

  • सिरहामा भाइ–बुहारी बिचको झगडा छुटाउन गएका दाइको खुकुरी प्रहारबाट हत्या भएको छ ।
  • गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतीराम सदाको खुकुरी प्रहार गरी हत्या भएको हो ।
  • उनलाई आफ्नै भाइ २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

९ साउन, जनकपुरधाम ।

सिरहामा भाइ–बुहारी बिचको झगडा छुटाउन गएका दाइको खुकुरी प्रहारबाट हत्या भएको छ । गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतीराम सदाको खुकुरी प्रहार गरी हत्या भएको हो । उनलाई आफ्नै भाइ २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

डिएसपी पासवानका अनुसार बिहीबार राति ९ बजेतिर श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेको थियो । विवाद छुट्टाउन गएका दाइ मोतीराम सदालाई भाइ श्यामले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मोतीरामको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा राति सवा ११ बजेतिर मृत्यु भएको डिएसपी पासवानले बताए ।

खुकुरी प्रहार गरी फरार भएका भाइ श्यामलाई सिरहा प्रहरीले औरही गाउँपालिकास्थित सीमा क्षेत्रबाट आज बिहान पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द
निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
युवाहरूद्वारा ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी
युवाहरूद्वारा ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
सुडानमा हवाई आक्रमण, एउटै परिवारका १४ को मृत्यु
सुडानमा हवाई आक्रमण, एउटै परिवारका १४ को मृत्यु
उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग
उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड
जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड