Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सिरहामा खुकुरी प्रहार गरी आफ्नै भाइले गरे दाइको ह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
५१ पटक हेरिएको
Shares
सिरहामा खुकुरी प्रहार गरी आफ्नै भाइले गरे दाइको ह*त्या

सारांश

  • सिरहामा भाइ–बुहारी बिचको झगडा छुटाउन गएका दाइको खुकुरी प्रहारबाट हत्या भएको छ ।
  • गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतीराम सदाको खुकुरी प्रहार गरी हत्या भएको हो ।
  • उनलाई आफ्नै भाइ २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

९ साउन, जनकपुरधाम ।

सिरहामा भाइ–बुहारी बिचको झगडा छुटाउन गएका दाइको खुकुरी प्रहारबाट हत्या भएको छ । गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतीराम सदाको खुकुरी प्रहार गरी हत्या भएको हो । उनलाई आफ्नै भाइ २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

डिएसपी पासवानका अनुसार बिहीबार राति ९ बजेतिर श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेको थियो । विवाद छुट्टाउन गएका दाइ मोतीराम सदालाई भाइ श्यामले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मोतीरामको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा राति सवा ११ बजेतिर मृत्यु भएको डिएसपी पासवानले बताए ।

खुकुरी प्रहार गरी फरार भएका भाइ श्यामलाई सिरहा प्रहरीले औरही गाउँपालिकास्थित सीमा क्षेत्रबाट आज बिहान पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती नदी कोरिडोरलाई सफा राख्न मन्त्री घिसिङको निर्देशन
बागमती नदी कोरिडोरलाई सफा राख्न मन्त्री घिसिङको निर्देशन
बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्कियो, १८ वटा पसल जले
बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्कियो, १८ वटा पसल जले
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
स्वास्थ्य बिमालाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः स्वास्थ्यमन्त्री
स्वास्थ्य बिमालाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः स्वास्थ्यमन्त्री
दुबई पठाइदिन्छु भन्दै ४ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड
जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते
सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते
रवीन्द्र र धवल कम्तीमा पाँच दिन हिरासतमा रहने
रवीन्द्र र धवल कम्तीमा पाँच दिन हिरासतमा रहने
सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने
सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने