कोशी ब्यारेजको बाढी साढे चार लाख क्युसेक मापन, सबै ढोका खोलियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
३४ पटक हेरिएको
Shares
कोशी ब्यारेजको बाढी साढे चार लाख क्युसेक मापन, सबै ढोका खोलियो

सारांश

  • कोशी ब्यारेजका सबै ढोका खुलेको छ ।
  • अविरल वर्षाका कारण नदीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको हो ।
  • सप्तकोशी नदीको बहाव शनिबार बिहान ९ बजे ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक मापन भएको  छ ।

१२ असोज, विराटनगर । कोशी ब्यारेजका सबै ढोका खुलेको छ ।

अविरल वर्षाका कारण नदीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको हो ।सप्तकोशी नदीको बहाव शनिबार बिहान ९ बजे ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक मापन भएको  छ । यो खतराको तह भन्दा माथि हो । ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको हो । भारतीय पक्षले बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।  बहाव उच्च भएपछि सुनसरी र सप्तरीमा स्थानीय प्रशासनले सतर्कता अपनाएका छन् ।

बाढी निरन्तर बढ्दो क्रममा रहेकाले सतर्कता अपनाइएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । उनका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि सतर्कता अपनाइएको उनले बताए । कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थीत जल संसाधन विभागका प्रधान सचिव सन्तोषले शुक्रबार सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए । उनले जारी गरेको  सूचनामा आज बाढीको मापद ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने अनुमान छ ।

बहाव उच्च हुँदा डुबानको जोखिम हुने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लाको प्रहरीलाई सतर्क रहन पनि उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द
काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द
मेहताको निधनपछि आफन्तले शव उठाउन मानेनन्, कप्तानगञ्जमा रूख ढालेर सडक अवरोध
मेहताको निधनपछि आफन्तले शव उठाउन मानेनन्, कप्तानगञ्जमा रूख ढालेर सडक अवरोध
प्रधानमन्त्री ओली सुर्खेत जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री ओली सुर्खेत जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
काठमाडौंको कलंकीमा आगलागी
काठमाडौंको कलंकीमा आगलागी
मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
भ्रमणबाट फर्किँदा दुर्घटना, डिस्चार्जपछि झुन्डिएको अवस्थमा फेला
भ्रमणबाट फर्किँदा दुर्घटना, डिस्चार्जपछि झुन्डिएको अवस्थमा फेला
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
सर्लाहीमा १० केजी गाँजासहित युवक पक्राउ
सर्लाहीमा १० केजी गाँजासहित युवक पक्राउ
सहकारी विधेयक, २०८३ बहुमतले पारित 
सहकारी विधेयक, २०८३ बहुमतले पारित 
सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेको रोशीमा एक महिलाको मृ*त्यु
सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेको रोशीमा एक महिलाको मृ*त्यु