सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको २ लाख १० हजार बढी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
२४ पटक हेरिएको
Shares
सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको २ लाख १० हजार बढी

सारांश

  • आज शुक्रबार सुनचाँदीको भाउले रेकर्ड ब्रेक गरेको छ ।
  • यस दिन तोलाको २ हजार ५ सय रुपैयाँले वृद्धि भएर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
  • आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

२० भदौ, काठमाडौं ।

आज शुक्रबार सुनचाँदीको भाउले रेकर्ड ब्रेक गरेको छ । यस दिन तोलाको २ हजार ५ सय रुपैयाँले वृद्धि भएर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

हिजो बिहिबार एक तोला सुनको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघमा अनुसार यस दिन चाँदीको मूल्य तोलाको २ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ । हिजो एक तोला चाँदीको मूल्य २ हजार ४ सय ८० रुपैयाँ थियो ।

अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले ब्याजदर घटाउने हल्ला र अमेरिकी डलरको सटही दरमा भारु र नेपाली रुपैयाँको अवमूल्यन भएपछि सुनको मूल्य बढेको जानकारहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ९० देशमा भन्सार शुल्क बढाएका छन् । ट्रम्पको नीतिले विश्वको आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा समेत असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोही कारण अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढ्दो क्रममा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाईः मन्त्री अधिकारी
सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाईः मन्त्री अधिकारी
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा
अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा
आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै
आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै
कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल
कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
केपी ओलीले गराए उम्मेदवारी दर्ता
केपी ओलीले गराए उम्मेदवारी दर्ता
भैरहवाको मौसम खुलेन, भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि
भैरहवाको मौसम खुलेन, भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु