मृग बचाउन खोज्दा पल्टियो पेट्रोल ट्याङ्कर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २१, २०८३
|
|
१३९ पटक हेरिएको
Shares
मृग बचाउन खोज्दा पल्टियो पेट्रोल ट्याङ्कर

सारांश

  • रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।
  • जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट पेट्रोल लिएर सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो।
  • पल्टिएलगत्तै ट्याङ्करमा आगलागी भएको प्रहरीले जनाएको छ।

२१ साउन, रौतहट। रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट पेट्रोल लिएर सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो। पल्टिएलगत्तै ट्याङ्करमा आगलागी भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरका प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाका दमकल घटनास्थलमा पुगेका थिए। उनीहरूको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले बताए।

दुर्घटनापछि केही समय अवरुद्ध बनेको महेन्द्र राजमार्ग अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।

प्रहरीले ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
बुटवलबाट विराटनगरका लागि छुटेको ट्रक, अवैध समानसहित सर्लाही प्रहरीको नियन्त्रणमा
बुटवलबाट विराटनगरका लागि छुटेको ट्रक, अवैध समानसहित सर्लाही प्रहरीको नियन्त्रणमा
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने
सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन
सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना घाइते
मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना घाइते
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
विराट शिव गुरु महोत्सव भव्यताका साथ सम्पन्न 
विराट शिव गुरु महोत्सव भव्यताका साथ सम्पन्न