यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १, २०८३
|
|
२६३ पटक हेरिएको
Shares
यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्।
  •  आफ्नो कर्तव्य पूरा नगरेकाले नैतिकताको आधारमा बालेनले राजीनामा दिनुपर्ने उनको तर्क छ।
  •  शुक्रबार बिहान साम्पाङले जारी गरेको विज्ञप्तिमा बालेनले पदबाट राजीनामा दिनुपर्ने चारवटा कारण उल्लेख गरेका छन्।

१ जेठ, काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। आफ्नो कर्तव्य पूरा नगरेकाले नैतिकताको आधारमा बालेनले राजीनामा दिनुपर्ने उनको तर्क छ। शुक्रबार बिहान साम्पाङले जारी गरेको विज्ञप्तिमा बालेनले पदबाट राजीनामा दिनुपर्ने चारवटा कारण उल्लेख गरेका छन्। बालेनलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिकता नभएको उनले बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो नीति कार्यक्रम पढ्न लगाएर आफू संसद्बाट बाहिरिएको, नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको, प्रतिपक्षी दलले संसद्‍मा उपस्थितिको माग गर्दा पनि अनुपस्थित भएको, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ नदिएको, संसद्‍बाट अहिलेसम्म जनतालाई सम्बोधन नगरेको, लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको, संसद्लाई छलेर अध्यादेशको बाटो समाएको जस्ता कारण उल्लेख गर्दै साम्पाङले प्रधानमन्त्री बालेनको राजीनामा मागेका हुन्।  ‘जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसद्‍बाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ?’ साम्पाङले प्रश्न गरेका छन्, ‘आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने लुकेर बस्ने के प्रवृत्ति हो?’

हेर्नुहोस् साम्पाङ​ले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानै बस्दै प्रदेशसभा बैठक
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानै बस्दै प्रदेशसभा बैठक
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
पाकिस्तानः भारी वर्षाका कारण ११ जनाको मृ*त्यु
पाकिस्तानः भारी वर्षाका कारण ११ जनाको मृ*त्यु
राष्ट्रिय टोलीका लागि इशानको लगातार दोस्रो अर्धशतक
राष्ट्रिय टोलीका लागि इशानको लगातार दोस्रो अर्धशतक
विश्व क्रान्तिका नायक चे ग्वेभारा, हत्याको ४७ वर्षपछि मात्र भेटियो उनको शव
विश्व क्रान्तिका नायक चे ग्वेभारा, हत्याको ४७ वर्षपछि मात्र भेटियो उनको शव
आज हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
आज हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने