सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने ७ दलको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने ७ दलको निर्णय

सारांश

  • मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवाद चर्कँदै जाँदा आन्दोलनरत ७ राजनीतिक दलहरूले सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।
  • नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई अवैधानिक तरिकाले मुख्यमन्त्रीमा नियुक्त गरिएको विरोधमा बुधबार चौथो दिन पनि ७ दलले संयुक्त रूपमा प्रदर्शन गरेका छन्।
  • जसपा नेपाल मधेशका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशमा संवैधानिक व्यवस्थाको उल्लंघन गरी अवैधानिक ढंगले मुख्यमन्त्री नियुक्ति गरिएको आरोप लगाए।

२७ कात्तिक, जनकपुरधाम ।

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवाद चर्कँदै जाँदा आन्दोलनरत ७ राजनीतिक दलहरूले सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन्। नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई अवैधानिक तरिकाले मुख्यमन्त्रीमा नियुक्त गरिएको विरोधमा बुधबार चौथो दिन पनि ७ दलले संयुक्त रूपमा प्रदर्शन गरेका छन्। जसपा नेपाल मधेशका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशमा संवैधानिक व्यवस्थाको उल्लंघन गरी अवैधानिक ढंगले मुख्यमन्त्री नियुक्ति गरिएको आरोप लगाए। उनले भने, “संविधानको धारा १६८(२) बमोजिम नै सरकार गठनको बाटो स्पष्ट छ, तर त्यसको बेवास्ता गरेर बदनियतपूर्वक सत्ता कब्जा गरिएको हो।”

उनका अनुसार, सर्वोच्च अदालतको फैसला नआएसम्म आन्दोलन शान्तिपूर्ण ढंगले निरन्तर गरिनेछ। आन्दोलनमा सहभागी दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी), नेपाली कम्युनिष्ट पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत रहेका छन्। यसअघि मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्दै गर्दा पनि मधेश भवन बाहिर आन्दोलनरत दलका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए। आन्दोलनकारी दलहरूले प्रदेश प्रमुखको कदमलाई संविधान, लोकतन्त्र र संघीयताको मर्मविपरीत भन्दै मुख्यमन्त्रीको नियुक्ति खारेज गर्न सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण एशियाली फ्रेञ्च बक्सिङ्गमा नेपाललाई स्वणर्सहित ३८ पदक
दक्षिण एशियाली फ्रेञ्च बक्सिङ्गमा नेपाललाई स्वणर्सहित ३८ पदक
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु
सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे
सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे
आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने
आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने
सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा
सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा
एसईईमा मधेश प्रदेशका ३१ हजार विद्यार्थी नन् ग्रेडेड
एसईईमा मधेश प्रदेशका ३१ हजार विद्यार्थी नन् ग्रेडेड
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा