Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ८, २०८१
|
|
५९ पटक हेरिएको
Shares
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु

सारांश

  • लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ ।
  • लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु छन् ।
  • आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् ।

 

८ असोज, काठमाडौं । लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु छन् । आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ ।

इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३०० आश्रयस्थलमा आक्रमण गरेको जनाएको छ । यो आक्रमण गत अक्टुबर ७ मा हमासविरुद्ध युद्ध सुरु गरेयताकै भयानक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेपछि हिजबुल्लाहले हमासलाई सघाउने घोषणा गरेको थियो । त्यसैले इजरायलले हिजबुल्लाहलाई पनि निशाना बनाएको हो ।

लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले इजरायलको आक्रमणबाट सर्वसाधारणका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरुमा पनि क्षति पुगेको बताएका छन् । इजरायली क्षेत्रमा हिजबुल्लाहले दुई सयभन्दा बढी रकेट प्रहार गरेको थियो । इजरायली पक्षका दुई जना घाइते भएको इजरायली सेनाले जनाएको छ ।

इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरुबीच आक्रमण सुरु भएपछि विश्वका केही देशहरुले दुवै पक्षलाई संयमित हुन आह्वान गरेका छन् । यो संघर्षले ठूलो युद्धको रुप लिन सक्ने चिन्ता व्यक्त हुँदै आएको छ । इरानले इजरायलको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)
त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)
‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार
‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च
त्रिविका प्राध्यापकहरूको सुरक्षामा पीएसओ खटाउनुपरेको छ : गृहमन्त्री
त्रिविका प्राध्यापकहरूको सुरक्षामा पीएसओ खटाउनुपरेको छ : गृहमन्त्री
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
सुदूरपश्चिममाथि विराटनगरको सानदार जित
सुदूरपश्चिममाथि विराटनगरको सानदार जित
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान
मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान