मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
३५ पटक हेरिएको
Shares
मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान

सारांश

  • जेन–जी आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका मकवानपुर जेन–जी संयोजक सुविन खत्रीले भदै २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनमा सहभागी मकवानपुरका सबै युवालाई तत्काल सम्पर्कमा आउन आह्वान गरेका छन् ।
  • जारी विज्ञप्तिमार्फत खत्रीले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था, प्रभावकारी भ्रष्टाचार नियन्त्रण तथा प्रदेश संरचनाको आवश्यकताअनुसार पुनर्संरचना लगायतका मूल मागलाई बदनाम गर्न विभिन्न तत्व सक्रिय भएपछि जेन–जी पुस्ता एकजुट भएर अघि बढ्नु आवश्यक भएको बताएका छन् ।
  • खत्रीले आन्दोलनका सहभागीहरूलाई अनावश्यक रूपमा पक्राउ र कुटपिटजस्ता गतिविधि बढिरहेको उल्लेख गर्दै यस परिस्थितिमा सम्पूर्ण जेन–जी एकताबद्ध भई आन्दोलनको औचित्य र उद्देश्यलाई थप सशक्त बनाउन आग्रह गरेका छन् ।

१८ मंसिर, हेटौँडा ।

जेन–जी आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका मकवानपुर जेन–जी संयोजक सुविन खत्रीले भदै २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनमा सहभागी मकवानपुरका सबै युवालाई तत्काल सम्पर्कमा आउन आह्वान गरेका छन् । जारी विज्ञप्तिमार्फत खत्रीले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था, प्रभावकारी भ्रष्टाचार नियन्त्रण तथा प्रदेश संरचनाको आवश्यकताअनुसार पुनर्संरचना लगायतका मूल मागलाई बदनाम गर्न विभिन्न तत्व सक्रिय भएपछि जेन–जी पुस्ता एकजुट भएर अघि बढ्नु आवश्यक भएको बताएका छन् ।

खत्रीले आन्दोलनका सहभागीहरूलाई अनावश्यक रूपमा पक्राउ र कुटपिटजस्ता गतिविधि बढिरहेको उल्लेख गर्दै यस परिस्थितिमा सम्पूर्ण जेन–जी एकताबद्ध भई आन्दोलनको औचित्य र उद्देश्यलाई थप सशक्त बनाउन आग्रह गरेका छन् । उनले अहिलेको अन्तरिम सरकार नेतृत्वकर्ताहरूबाट जेन–जीहरुको माग सम्बोधन गर्ने कुनै स्पष्ट संकेत नदेखिएकाले दबाब जारी राख्न सभी मकवानपुर जेन–जीहरूलाई संगठित भएर सम्पर्कमा आउन अपिल गरेका हुन् । ‘जेन–जी पुस्ताको भोलि सुरक्षित बनाउने लक्ष्यसहित अघि बढेको आन्दोलनलाई कमजोर पार्न प्रयास भइरहेको छ । त्यसैले सबै जेन–जी एक ठाउँमा उभिनु आजको अपरिहार्य आवश्यकता हो,’विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संयोजक खत्रीले माग सम्बोधनका लागि आवश्यक राष्ट्रिय दबाब सिर्जना गर्न मकवानपुरका प्रत्येक जेन–जी युवाले आन्दोलनको सकारात्मक ऊर्जा जोगाउँदै एकताबद्ध हुनुपर्ने पुनः जोड दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो संविधानसभाका ४ सभासदले भेटे प्रधानमन्त्री
पहिलो संविधानसभाका ४ सभासदले भेटे प्रधानमन्त्री
सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु
सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
घटनाको २ दिनपछि रोल्पा दुर्घटनाप्रति रास्वपाको दुःख व्यक्त
घटनाको २ दिनपछि रोल्पा दुर्घटनाप्रति रास्वपाको दुःख व्यक्त
निर्वाचनको तयारीमा आयोग, एआईको समेत अनुगमन हुने
निर्वाचनको तयारीमा आयोग, एआईको समेत अनुगमन हुने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च
सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च
प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री
प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै