काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
९० पटक हेरिएको
Shares
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात

सारांश

  • हेटौँडा उपमहानगरका उपमेयर राजेश बानियाँमाथि हेटौँडाको मुख्य बजारमै कुटपिट भएको छ ।
  • हेटौँडा-१ मा बसोबास गर्दै आएका पुरुषोत्तम खड्काले आफ्नै पसलमा बसिरहेका बानियाँलाई आवेश पोख्दै हात हालेका हुन् ।
  • उनले काम नगरिदिएको रिस पोखेको बताइएको छ ।

२९ भदौ, हेटौँडा ।

हेटौँडा उपमहानगरका उपमेयर राजेश बानियाँमाथि हेटौँडाको मुख्य बजारमै कुटपिट भएको छ । हेटौँडा-१ मा बसोबास गर्दै आएका पुरुषोत्तम खड्काले आफ्नै पसलमा बसिरहेका बानियाँलाई आवेश पोख्दै हात हालेका हुन् । उनले काम नगरिदिएको रिस पोखेको बताइएको छ ।

मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले कुटपिट गर्ने खड्कालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए । यिनै खड्काले २०७९ को निर्वाचनमा मकवानपुरको हाँडिखोलामा चुनावी कार्यक्रममा मकवानपुर-२ का उम्मेदवार विरोध खतिवडालाई पनि कुटपिट गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?